अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:१४ | Colorodo: 05:29

नेपाल डे परेड २०१८ सम्बन्धी कुनै सहमति नभएको बारे

बिआरटीनेपाल २०७५ वैशाख ६ गते ७:५३ मा प्रकाशित

आदर्णिय मीडियाकर्मी ज्यू
नमस्कार

विषय: नेपाल डे परेड २०१८ सम्बन्धी कुनै सहमति नभएको बारे

उपरोक्त सम्बन्धमा नेपाल डे परेड २०१८ सम्बन्धी फिप्नाको कसै सँग कुनै पनि सहमति नभएको जानकारी गराउँदछौ | महासङ्घको अर्को निर्णय नभईन्जाल महासङ्घ र महासङ्घ अन्तर्गतका सम्पूर्ण सस्थाहरु नेपाल डे परेड सम्बन्धी निवर्तमान अध्यक्ष र उपाध्यक्षले फैलाएको भ्रममा नपर्न अनुरोध गर्दछौ | गत शनिवार, अप्रिल १४, २०१८ को दिन न्युयोर्कका केही व्याक्तिहरुको सहजतामा भएको छलफलमा फिप्नाको तर्फबाट निम्न अनुसारको प्रस्ताव राखिएको थोयो |
फिप्नाको प्रस्तावहरू:

१) घोसित स्टेरिंग कमिटी बिगठन गर्नु पर्ने,
विभिन्न तहबाट छलफल र सहमतिको पहल हुँदा हुँदै विगतको नेपाल डे परेडको संयोजक संस्था र परेडमा झाँकी प्रदर्शन गर्ने ८०% संस्था र समुदायलाई बेवास्ता गर्दै रातारात गठन गरिएको स्टेरिंग कमिटी बिगठन गर्नु पर्ने |

२) “नेपाल डे परेड ईन्क” खारेज गर्नु पर्ने,
फिप्नाको बहालवाला अध्यक्ष र उपाध्यक्षले आफैले संयोजन गरेको र आफ्नै कार्यकालमा सुरुवात गरेको तथा सिग्नेचर कार्यक्रम भन्दै आएको कार्यक्रमको प्रयोजनमा, कार्यसमिति सँग कुनै छलफल नगरी दर्ता गरिएको संस्था “नेपाल डे परेड ईन्क” सँग विवाद (कन्फ्लिक्ट अफ ईन्ट्रेस्ट) हुने भएकोले सो को दर्ता खारेजी भई आवश्यक परेमा टावन हल बैठकको सहमतिमा “नेपाली फेडेरेशन” को रूपमा संस्था दर्ता गरी सो सस्ताले आगामी दिनमा नेपाल डे परेड आयोजना गर्ने |

३) अफिसियल डकुमेन्ट बुझाउनु पर्ने,
२०१६ र २०१७ मा सम्पन्न भएको नेपाल डे परेडमा फिप्नाको सम्पूर्ण अफिसियल डकुमेन्ट प्रयोग भएकोले त्यति बेला प्रयोग गरिएको डकुमेन्टहरुको सम्पूर्ण कपि अफिसियल रेकर्डको लागि फिप्नालाई बुझाउनु पर्ने |

४) आर्थिक हिसाब किताब बुझाउनु पर्ने,
२०१६ र २०१७ मा गरिएको नेपाल डे परेडको लागि फिप्नाको अफिसियल डकुमेन्ट प्रयोग गरी फिप्नाको नाममा बैङ्क एकाउन्ट खोलिएको र आर्थिक सहयोगको सम्पूर्ण चेक फिप्नाको नाममा लेखिएको र सहयोग सङ्कलन रसिदमा फिप्नाको ट्याक्स आईडी प्रयोग भएकोले आर्थिक हिसाबकिताबको बारेमा आई.आर.एस सँग फिप्ना जवाफ्देही हुनु पर्ने भएकोले सम्पूर्ण हिसाब किताब, उपलब्ध बिल भरपाई, प्रयोग भएको सहयोग रसिदको अर्धकट्टी र बाँकी सहयोग रसिद फिप्नालाई बुझाउनु पर्ने |

५) संयुक्त टाउन हल मिटिंग,
बुँदा ४ सम्म उल्लिखित कार्यहरू सम्पन्न हुने सहमति भए पछि फिप्ना र पूर्व नेपाल डे परेडका संयोजकहरूबाट संयुक्त टाउन हल बैठक आयोजना गरी उक्त टाउन हल बैठकबाट आगामी नेपाल डे परेडको लागि संयोजक तथा स्टेरिंग कमिटी गठन गर्ने |

६) नेपालबाट भिसा प्रकियाको बारे,
नेपाल डे परेडको संदर्बमा विगत देखि अहिले सम्म नेपालबाट परेडको लागि भनेर भिसाको प्रकियाको लागि के कस्तो कार्य गरिएको छ सो सम्बन्धीको क्लियर स्टेटमेन्ट उपलब्ध गराउने |

माथि उल्लिखित प्रस्तावहरू फिप्नाको तर्फबाट राखिएको थियो र सो सम्बन्धमा फिप्नाको निवर्तमान अध्यक्ष लुईसाग बाइबा बहेको सबैको सहमति रहेको थियो | तर सहमतिलाई लिखित रूपमा उतार्नु पूर्वनै लुईसांग बाइबा पर्सनल काम देखाउँदै छलफल बाट बाहिरिए पछि उक्त सहमतिलाई लिखित गरिएन |

तत् पश्चात् छलफलको सहजकर्ताहरू उर्गेन शेर्पा, अच्यूत सिग्देल, सञ्जय थापा, विष्णु रानामगर र फिप्नाको सल्लाहकार प्रदिप परियार थापा र सभामुख विनोद पोमोज्यूहरुलाई नेपाल डे परेडका पूर्व कन्भेनरहरुले तल उल्लिखित कागजात उपलब्ध गराए पछि सो को अध्ययन गरी संयुक्त टाउन हल बैठक बोलाउने निर्णय गरिएको थियो |
आवश्यक कागजात:
१) नेपाल डे परेड ईन्क दर्ता पत्र,
२) बुँदा एकको संस्था दर्ता गर्दा तयार गरिएको स्टेटमेन्ट या विधान,
३) नेपाल डे परेड २०१८ को लागि लिइएको अनुमति पत्र,

माथि उल्लिखित कुनै पनि कार्य नगरी अझ बढी नेपाल डे परेड २०१८ सम्बन्धी भ्रम फैल्याउने कार्य बढी रहेकोले महासङ्घको पूर्व निर्णय अनुसार सम्पूर्ण कानुनी प्रकिया सुरुवात गरेर मात्र छलफल गरिने भएकोले नेपाल डे परेड २०१८ को सम्बन्धमा भ्रममा नपर्न फिप्नाको सम्पूर्ण सदस्य संस्थाहरूलाई यसै इमेल मार्फत जानकारी गराउँदछु |

साथै फिप्ना प्रति गद्धार गर्ने पूर्व पदाधिकारी तथा उनीहरूलाई प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग पुर्‍याउने कथित जनजातिहरूलाई समेत एक हप्ता भित्र फिप्नाले छानबिन गरी कारबाही गरिने जानकारी गराउँदछौ |
महासङ्घको सम्पूर्ण अभियानमा यहाँहरूको साथ, सहयोग र सहभागिताको अपेक्षा सहित आदिवासी जनजाति अभिवादन |

मान बहादुर रानामगर, अध्यक्ष
प्रेम गुरुङ, महासचिव

प्रतिक्रिया