अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४८ | Colorodo: 23:03

वैशाख १५ गतेभित्र सबै राजमार्गको मर्मत गरिने भौतिक पूर्वाधारमन्त्रीको घोषणा

बिआरटीनेपाल २०७५ वैशाख ५ गते २०:०९ मा प्रकाशित

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले वैशाख १५ गतेभित्र देशभरिकै राजमार्ग र सहायक राजमार्गको मर्मतसम्भार पूरा गरिने बताउनुभएको छ ।

मन्त्री महासेठले सडक विस्तारले नै समृद्ध राष्ट्र बनाउने र गुणस्तरीय सडकले विकासलाई गति दिने भएकाले आउँदो १५ दिनभित्र देशभरिकै राजमार्ग तथा सहायक राजमार्गको मर्मत पूरा गर्न सम्बन्धित कार्यालयलाई जिम्मा लगाइएको बताउनुभयो ।

पर्सामा हिजो आयोजित कार्यक्रममा मन्त्री महासेठले वैशाख १५ गतेभित्र राजमार्ग मर्मतको काम पूरा नभए सम्बन्धित कर्मचारीलाई कारबाही गरिने पनि बताउनुभयो ।।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू