अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०२ | Colorodo: 06:17

भुट्नीज किराँत राई ओर्गनाईजेसन अफ अमेरिका (ब्रोका) को प्रेस-विज्ञप्ति

बिआरटीनेपाल २०७४ चैत २२ गते १७:३१ मा प्रकाशित

किराँत राईहरूको मौलिक संस्कार, संस्कृति, भाषा, लिपि, र रितिरिवाज संरक्षण र संवर्धन गर्ने मूल उदेश्यले स्थापना गरिएको संस्था भुट्नीज किराँत राई ओर्गनाईजेसन अफ अमेरिका (ब्रोका) ले २०१४ देखि निरन्तर रूपमा अन्य समुदायहरू सँग साझेदारी र समन्वय गर्दै समृद्ध किराँत समुदाय निर्माण, किराँत राईहरूको ऐतिहासिक गाथा, मुन्दुम लेखन, संस्कृति र भाषाको अभ्यास, उत्थान र प्रबर्धनको लागि लगातार रूपमा काम गरी रहेको छ । संस्थाले भुटानी राईहरूको अभिलेख, राईहरूको मिथक, मुन्दुम र तथ्यको आधारमा प्रत्येक वर्ष विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गर्दै आइरहेको छ । सदा बर्षझै यस वर्ष पनि ब्रोकाले धेरै शाखाहरूमा किराँत राईहरूको महान् चाड उभेली साकेला कार्यक्रम निम्न मिति र सहरहरूमा मनाउने तर्जुमा गरेको छ:

अप्रिल २८ तारिख भर्मन्ट, म्यई ५ तारिख सिन्सिनाटि, ओहायो, म्यई १३ तारिख क्लिभल्याण्ड, ओहायो, म्यई १९ तारिख एक्रोन, ओहायो, म्यई २० तारिख स्प्रिङ्फिल्ड, मासाचुसेट्स, जुन ९ तारिख ईरि, पेन्सिलभेनियामा र केन्द्रयीय स्तरको म्यई २७ बाल्टिमोर, म्यारिलन्डमा हुने सबैलाई जानकारी गर्दछौ। विशेष गरी वैशाखे पुर्णेको दिन देखी औशि भित्र सम्म मनाईन्ने उभेली साकेला मुलतः मानव जाती र प्राणीहरुमा कल्याण र दीर्घायु कामना गर्दै सारा जगतमा सुख-शान्ति र समृद्धि होस भनी भूमि देवको पूजा गर्दै विभिन्न चराचुरंगीहरको नक्कललाई नृत्य (सिली) मा प्रस्तुत गर्दै मनाइने गरिन्छ । सो उत्त कार्यक्रममा नृत्य (सिली) प्रतियोगिता पनि राखिएको सबै शिलिकारहरुलाई जान्कारी गराउन चाहान्छौं। त्यसै गरी म्यई २६ तारिख ब्रोकाको वार्षिक बैठक बिहान ठिक ११ बजे देखि साँझ ५ बजे सम्म बाल्टिमोर सहरमा हुने ब्यहोरा सबै संस्थाको सदस्यहरू,केन्द्र र शाखाको नेतृत्वहरू,सल्लाहकार,भाषाबिद,विज्ञहरू र समर्थकहरूलाई सूचित गरिन्छ। 

केन्द्रयीय स्तरको साकेला कार्यक्रममा शिलिकारहरुको सिली नृत्य बाहेक अन्य विविध सांस्कृतिक प्रदर्शनी, मनोरञ्जनमक रिसिया गायन र नृत्यहरू पनि रहने छ र उक्त बृहत् सांस्कृतिक कार्यक्रममा सम्पूर्ण आमा-बुवा, दाजु-भाइ,दिदी-बहिनी,बिभिन्न्नसंघ-संस्थाका पदाधिकारीहरू,शुभ-चिन्तक,पत्राकार,बुद्धिजीवीहरू, स्वयंसेवक र समर्थकहरू सबैलाई यस प्रेस-विज्ञप्ति मार्फत उपस्थित भई दिन आयोजक समिति हार्दिक निमन्त्रण गर्दछौँ।

धन्यवाद,

किशोर याम्फु
प्रचार-प्र्सार सचिव- ब्रोका (BKROA)
सम्पर्कः 856-986-9066

प्रतिक्रिया