अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३९ | Colorodo: 01:54

नेपालको दुर्गम क्षेत्रमा स्वास्थ्य शिक्षाको लागि कोलोराडोमा फन्ड रेज कार्यक्रम हुँदै

बिआरटी नेपाल सम्बादाता, कोलोराडो २०७४ चैत २० गते २२:३९ मा प्रकाशित

आस्क फाउन्डेशनले आफ्नो दोस्रो साधारण सभाको साथै फन्ड रेजको लागि सांस्कृतिक कार्यक्रम सहित डिनरको आयोजना गर्दैछ । वेष्टमिनिस्टर स्थित याक एन्ड यती रेस्टुरेन्टमा साँझ ५ बजे देखि ९ बजे सम्म सञ्चालन हुने उक्त कार्यक्रमबाट सन्कलित रकम नेपालको दुर्गम क्षेत्रमा स्वास्थ्य शिक्षा जस्ता पवित्र सेवाको लागि प्रयोग हुनेछ । टेली मेडिसिनको रूपमा आफ्नो सकृयता विगत ५ वर्ष देखि देखाउँदै आएको छ । 

यो संस्था नेपालको महा भूकम्पबाट आस्क फाउन्डेशनको रूपमा अघि बढी रहेको छ । ५०१ सी प्राप्त यो नन प्रफिट संस्थामा अमेरिका र नेपालमा रहेको टिमले संयुक्त रूपमा काम गर्दछन् । अमेरिकाको टिममा डा. सुनिल आचार्य, डा. आतुल रायमाझी डा. रश्मि थापा, डा. प्रभात अधिकारी र डा. पंकज तिमल्सिना हुनुहुन्छ भने नेपाल तर्फ डा. स्वीकृति उपाध्याय र डा. राम ढुंगाना हुनुहुन्छ ।

नेपालको दुर्गम क्षेत्र धादिङ कालिकोट डोल्पामा टेली मेडिकल क्लिनिक सञ्चालन गरी आफ्नो सेवा विस्तार गरी सकेको यो संस्था अब मुगु हुम्ला इलाम ताप्लेजुङ रसुवा जस्ता ठाउँमा गर्दैछ ।

तपाईँहरू सानो सहयोगले गरिब तथा विपन्न समाजमा ठुलो सहयोग पुग्न सक्छ यसर्थ यहाँहरूको सहयोगको अपेक्षा गरिएको छ । सामाजिक सेवाको यो अभियानमा साथ दिएर पुण्यको काम गरौँ । अनलाइन डोनेसन गर्न पनि सकिनेछ ।

कार्यक्रम हुने दिन:
अप्रिल ७ शनिवार साँझ ५ बजे

स्थान:
Yak and Yeti Rasturant
8665 sheridan Blvd
Westminister, CO 80003

सम्पर्क: askfoundation.nepal@gmail.com

प्रतिक्रिया