अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:०८ | Colorodo: 13:23

नेपालमा राजसंस्था हटेपनि बर्माका नेपालीले राजारानीको मायालाई पर्वको रुपमा मनाईरहेछन्

बिआरटीनेपाल २०७४ चैत १२ गते ३:२८ मा प्रकाशित

नेपालमा राजतन्त्र हटेको दशक बढि भईसकेको भएपनि बर्माका नेपालीहरुले भने राजारानी र राजतन्त्रप्रतिको आस्थालाई मनैबाट संरक्षण गरेर राखेको दृश्य हरेक बर्ष झैं यो बर्ष पनि बर्मामा देखियो ।

राजारानी पर्व नै राखेर मनाउँदै आएका नेपालीभाषि बर्मेलीहरुले यस बर्ष पनि एकजोडी नेपालीभाषी युवा युवतीलाई नेपालका राजा रानिले  लगाउने बिभिन्न तत्कालीन पोषकमा सजाएर बृहत र्याली सहितको कार्यक्रम राखेका हुन् ।

दोस्रो विश्वयुद्धताका बर्मा पुगेका नेपालीहरुले तत्कालिन समयमा देश र राजा छोड्नु पर्दाको पिडाबोधबाट जन्मिएको संस्कार हो राजारानी पर्व । राजा रानीलाई माता पिता ठान्ने त्यो समयका नेपालीहरुले देश छोडेर परदेशलाई आफ्नो कर्मथलो बनाएपनि हामी नेपालका हौं जहाँ हाम्रो देश छ हाम्रा राजारानी छन् भन्ने अत्यन्त भावनात्मक संवेदना र आत्मियताको एउटा गहिरो उदाहरण हो यो पर्व । पछि यो पर्व त्यही जन्मिएका नयाँ पुस्ताले पनि अनुसरण गर्दै आए, उनिहरु भित्रको यो आस्थालाई कुनै राजनितिक बिचारले छोएको छैन । छ त मनमा नेपालको माया र राजा भएको देश भनेर विश्वले हामीलाई चिन्ने र सम्मान गर्ने संस्कारमाथीको गर्व ।

उनिहरु गणतन्त्र बिरोधी होईनन् । यसरी हेर्दा बर्मेलीहरुले आफ्नो माटो जसलाई आजका कति पुस्ताले छुनसम्म पाएका छैनन् त्यही माटोमा मेरा पुर्खाको बास थियो भन्ने गर्विलो उदाहरण पेस गरिरहेका छन् ।

नेपालीभाषीहरुको अत्याधिक बाहुल्यता रहेको बर्माको मेचिना र नेपालीबाट बर्मेली बन्न पुगेका करिब ३२ हजार बर्मेलीहरुको बसोबास रहेको मोगोकमा राजारानी पर्व हरेक बर्ष मनाईन्छ । मेकोन शहरलाई नेपालीले चम्काएको हिराखानीको शहर भनिन्छ । देश फरक भएपनि मेकोन शहरले दिएको यो सम्मान हाम्रै दाजुभाईले पाएका छन् । मेचिनाले पाएको अर्को नाम हो सानो नेपाल ।

यो बर्ष राजा-रानीको प्रतिकका रुपमा एक जोडीलाई राजकिय भेषभुषामा सजाएर किसन खनाल र नुम न्यौपानेलाई मोगोक शहर परिक्रमा गराईयो । प्रजाका प्रतिक मानिएका यात्रामा सहभागीहरुले पुरुषले दौरा(सुरुवाल तथा महिलाहरुले सारी र चोलो लगाएका थिए। यात्रामा आदिकवि भानुभक्त आचार्यको प्रतिमा पनि सहभागी गराइएको थियो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू