अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:४३ | Colorodo: 20:58

फोरमको प्रदेश नं २ प्रमुख सचेतकमा शैलेन्द्र यादव नियुक्त

बिआरटीनेपाल २०७४ चैत ११ गते १६:०८ मा प्रकाशित

संघीय समाजवादी फोरम नेपाल प्रदेश नं २ को संसदीय दलको प्रमुख सचेतकमा शैलेन्द्र यादव नियुक्त हुनुभएको छ । यादव धनुषा निर्वाचन क्षेत्र नं २ ९क० बाट निर्वाचित प्रदेशसभा सदस्यलाई प्रदेश नंं २ का संसदीय दलका नेता एवं मुख्यमन्त्री लालबाबु राउतले प्रमुख सचेतकमा नियुक्त गर्नुभएको हो ।

मुख्यमन्त्रीका प्रेस संयोजक आतिश मिश्रले यादवलाई प्रमुख सचेतकमा नियुक्त गरिएकोबारे प्रदेशसभा सचिवालयलाई आज जानकारी गराइएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू