अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:४२ | Colorodo: 20:57

स्वतन्त्रता सेनानी सम्मान तथा पत्रकारिता पुरस्कार’ तारानाथ दाहाललाई

बिआरटीनेपाल २०७४ चैत १० गते ६:४८ मा प्रकाशित

पाँचथर, नेपाल पत्रकार महासङ्घका पूर्व सभापति तारानाथ दाहाललाई नेपाल पत्रकार महासङ्घ पाँचथर शाखाले यस वर्षको “स्वतन्त्रता सेनानी सम्मान तथा पत्रकारिता पुरस्कार–२०७५’ प्रदान गर्ने निर्णय गरेको छ ।

शाखाको आज बसेको बैठकले पत्रकारिताको माध्यमबाट नागरिक स्वतन्त्रताका लागि महत्त्वपूर्ण योगदान पु¥याएको भन्दै दाहाललाई सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको शाखाले जनाएको छ । सम्मान तथा पुरस्कारको राशि रु २२ हजार २२२ रहेको छ ।

यसअघि उक्त पुरस्कारबाट महासङ्घका पूर्वसभापति विष्णु निष्ठुरी, शिव गाउँले र किशोर नेपाल सम्मानित भइसक्नुभएको छ ।

यसै गरी, रु पाँच हजार ५५५ राशिको “स्व हरिचरण—भद्रमाया वातावरण पत्रकारिता पुरस्कार—२०७५’ स्थानीय पत्रकार राधा लुईंटेललाई प्रदान गरिने महासङ्घले निर्णय गरेको छ ।

सम्मान र दुवै पुरस्कार आगामी २०७५ जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा वितरण गरिनेछ । साथै, सोही अवसरमा महासङ्घको शाखा भवनको शिलान्याससमेत गर्ने कार्यसमिति बैठकले निर्णय गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू