अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:२४ | Colorodo: 00:39

नियाग्रा फल्स आगाडि सिमाना बारिपारि काव्य सङ्गम गरिने

बिआरटीनेपाल २०७४ चैत ७ गते २२:०७ मा प्रकाशित

क्यानाडाको नेपाली साहित्य समाज क्यानडा तथा अमेरिकाको अमेरिका नेपाल साहित्य प्रतिष्ठानको संयुक्त आयोजनामा अमेरिका र क्यानाडामा बसोबास गर्दै साहित्य सिर्जना गरिरहेका नेपाली साहित्यकारहरूको सहभागितामा अमेरिका र क्यानाडाको सिमानामा अवस्थित विश्वप्रसिद्ध नियाग्रा फल्सआगाडि “सिमाना बारिपारि काव्य सङ्गम” आगामी जुन ३०, २०१८ शनिवारका दिन गरिने भएको छ ।

पहिलोपल्ट आयोजना गरिन लागेको सीमा बारिपारि काव्य सङ्गमको प्रयोजनका लागि क्यानडा तर्फका गैर आवासीय नेपाली सङ्घ उत्तर अमेरिका भाषा साहित्य समितिका संयोजक तथा नेपाली साहित्य समाज क्यानाडाका अध्यक्ष डा. गोविन्द सिंह रावतको संयोजकत्वमा राधिका अर्याल, प्रदीप पौडेल, सुरेन उप्रेती, लीलानाथ पाण्डे सम्मिलित प्रारम्भिक समिति बनाइएको छ । त्यसै गरी अमेरिका तर्फ अमेरिका नेपाल साहित्य प्रतिष्ठानका अध्यक्ष गोविन्द गिरी प्रेरणाको संयोजकत्वमा ऋषि वस्ताकोटी, परशुराम तिमिल्सिना, दीपाराई पुन, राजेन्द्र अर्याल, दिनार श्रेष्ठ, कृष्णमुरारि ढुङ्गेल सम्मिलित प्रारम्भिक समिति बनाइएको छ । 

यो काव्य गोष्ठी यस वर्ष क्यानडा क्षेत्रमा आयोजना गरिने र आगामी वर्ष अमेरिका क्षेत्रमा गरिने लक्ष राखिएको आयोजकहरूले जनाएका छन् । गोष्ठीमा सहभागी हुनेहरुले पहिलो चरणमा एउटा आफूलाई मनपरेको कविता र दोस्रो चरणमा नियाग्रा फल्स वा प्रकृतिमाथि सोही अवसरमा लेखिएको कविता नियाग्रा फल्स अगाडी रहेको खुला मैदानमा वाचन गर्ने तथा सो काव्य सङ्गममा वाचित कविताको प्रस्तावित सङ्ग्रह “सिमाना बारिपारि” मा प्रकाशित गरिने भएको छ । सहभागी कविहरूलाई नियाग्रा फल्स प्रतिविम्वित प्रथम उत्तर अमेरिका सिमाना बारिपारि काव्य वाचकको प्रतीक प्रदान गरिने तथा सहभागी हुन चाहनेले यस इमेलमा सम्पर्क गरेपछि आयोजकबाट सम्पूर्ण जानकारी पाउने आयोजकहरूले जनाएका छन् ।

simawariparikavya@gmail.com

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू