अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:५१ | Colorodo: 22:06

सच्चा मित्र

बिष्णु सिंह (बैजु)

बिष्णु सिंह (बैजु) २०७४ चैत ६ गते ६:०९ मा प्रकाशित

सकिदैन अस्तित्व बगैचाको,
एक थुँगा फुले झर्नाले
कोहि कसैको मित्र हुँदैन्,
फेसबूकमा धेरै लाईक गर्नाले ।

मित्रताको अर्थ नबुझने,
मित्र भेटिन्छ्न अनेक,
लामो जिवन यात्रामा
तर ति हुन सिर्फ्,
अपरिचित मानिस झै,
भेट्टिने मेला जात्रामा ।

मित्रताको बैरिहरु,
मित्र बनी घुम्छ्न वरिपरी
खुबै रमाउछ्न ति,
चुँडाली अरुको मित्रताको डोरी ।

अंकुशमा जकडिएको जहाँजलाई,
बगाउन सक्दैन समुन्द्री छालले
प्रेममा कस्सिएको मित्रतालाई,
छुटाउन सक्दैन कुटिल चालले ।

सच्चा स्नेह र मित्रता,
हैनन पानीका फोका।
जो छ्णभरमै फुटी जाने,
लागी हावाको एक झोक्का ।

मित्रताको अठोट नबोकेका,
भेटिन्छ्न अनेक मित्र
तर ति आउछ्न जान्छ्न्,
बस्दैनन कोही मन भित्र ।

प्रतिक्रिया