अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:४८ | Colorodo: 21:03

अनेसास पोर्चुगलको अधिवेशन सम्पन्न, अध्यक्षमा वाईबी गुरुङ

बिआरटीनेपाल २०७४ चैत ४ गते २२:२८ मा प्रकाशित

लिस्बन, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास), पोर्चुगलको आठौँ एेतिहासिक अधिवेशन वाईबी गुरुङको अध्यक्षतामा १३ सदस्यीय कार्य समितिको चयन गर्दै राजधानी लिस्बनमा सम्पन्न भएको छ । 

अनेसास, पोर्चुगलका अध्यक्ष सुनिल सङ्गम तथा प्रमुख अतिथि लिस्बनका लागि नेपाली अवैतनिक वाणिज्यदुत मकर बहादुर हमाल द्वयले दीप प्रज्वलन गरी आठौँ एेतिहासिक अधिवेशनको सामूहिक उद्घाटन गरेका थिए ।

पोर्चुगलमा रहेका विभिन्न सङ्घ-सस्थाहरुका अध्यक्ष लगायत प्रतिनिधिहरू साथै पत्रकार, नेपाली भाषा तथा साहित्यलाई माया गर्ने नेपाली समुदाय लगायत साहित्यानुरागीहरुको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि तथा लिस्बनका लागि नेपाली अवैतनिक वाणिज्यदुत मकर बहादुर हमाल, पोर्चुगलका लागि नेपाली पर्यटन दूत तथा एनआरएनए पूर्व आइसीसी सदस्य तथा अनेसास, पोर्चुगलका सल्लाहकार रमेश कुमार गुरुङ, एनआरएनए आइसीसी सदस्य द्वय नरेन्द्र बहादुर हमाल, पेम्बा शेर्पा तथा गैर आवासीय नेपाली सङ्घ ,पोर्चुगलका अध्यक्ष कुवेर कार्की, नेपाली नारी समाज पोर्चुगलकी अध्यक्ष सीता बराल लगायतका वक्ताहरूले अधिवेशनको सफलताको शुभ-कामना तथा नेपाली साहित्यको विकास र विस्तारका बारेमा सुझावहरू दिनु भएको थियो । 

कार्यक्रमको पहिलो चरण अन्तर्गतको उद्घाटन समारोहमा नेपाली राष्ट्रिय गीत सहित सुरु भएको कार्यक्रममा केही दिन पहिले बिबिन्न करणले निधन भएका साहित्यकारहरूको नाममा श्रदान्जली अर्पण गर्दै एक मिनेट मौन धारणा गरिएको थियो ।

अनेसास,पोर्चुगलका अध्यक्ष तथा आठौँ एेतिहासिक अधिवेशन कार्यक्रमका सभापति सुनिल सङ्गमद्वारा पहिलो चरणको उद्घाटन कार्यक्रमको विसर्जन पश्चात् बन्द सत्रद्वारा पारित गरिएको नयाँ कार्य समितिको चयनका लागि अनेसास निर्वाचन समितिलाई जिम्मा दिइएको थियो ।

३ सदस्सिय अनेसास निर्वाचन समितिमा संयोजक सीता बराल तथा सदस्यहरूमा द्वय विष्णु लुइटेल तथा मिनामाया खरेल रहेको निर्वाचन समितिले बन्द सत्रद्वारा सर्वसम्मतिमा निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारीहरूको नाम निर्वाचन समिति संयोजक सीता बरालले घोषणा गर्नु भएको थियो । 

अनेसास,पोर्चुगलको आगामी २ वर्षे (२०१८ -२०२० )कार्यकालका लागि निर्वाचित भएका पदाधिकारीहरू यस प्रकार रहेका छन् ।
१) अध्यक्ष: वाईबी गुरुङ
२) वरिष्ठ उपाध्यक्ष: कृष्ण कडेल “जिज्ञासा”
३) उपाध्यक्ष: कमल सापकोटा
४) उपाध्यक्ष: भूपति गैरे
५) महासचिव: फुर्वान रायमाझी
६) सचिव: विनोद स्पन्दन
७) सचिव: सबी श्रेष्ठ
८) कोषाध्यक्ष: सञ्जय लामा
९) सह-कोषाध्यक्ष: श्याम सुबेदी
१०) सदस्य निर्मला ढकाल
११) सदस्य: विशेष आत्रेय
१२) सदस्य: बद्रि बाबु पोख्रेल
१३) सदस्य: राम सापकोटा

निर्वाचित सम्पूर्ण कार्य समिति सदस्यहरूलाई प्रमुख अतिथिद्वारा प्रमाण – पत्र वितरण सहित शपथ पनि खुवाइएको थियो । शपथ पश्चात् नयाँ कार्यसमितिका अध्यक्ष, उपाध्यक्ष, सचिवले प्रतिबद्धता सहितको आफ्नो मन्तव्य राखेका थिए भने दर्जन भन्दा बढी साहित्यकारहरूले कविता, मुक्तक र गजलहरू प्रस्तुत गरेका थिए भने सोही कार्यक्रममा अनेसास, पोर्चुगलका पूर्व सदस्य तथा वर्तमान कोषाध्यक्ष सञ्जय लामाद्वारा लिखित पहिलो कविता सङ्ग्रह “ज्योतिर्मा तमासोर्गमय” पुस्तक विमोचन पनि गरिएको थियो ।

कार्यक्रम अनेसास, पोर्चुगलका महासचिव अनुराग कडेलले सञ्चालन गरेका थिए । अनेसास पोर्चुगलको नेपाली डायस्पोराको सबैभन्दा पुरानो संस्था हो जुन २००३ मा स्थापना भएको थियो भने हाल अनेसासका करिब ६० भन्दा बढी मुलुकहरूमा शाखा विस्तार भएको छ।

फोटो – सुजन गुरुङ

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू