अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३६ | Colorodo: 22:51

४९ जनाको ज्यान जानेगरि त्रिभुवन विमानस्थलमा भएको विमान दुर्घटनाले सिंगो देश शोकमा

बिआरटीनेपाल २०७४ फागुन २८ गते ८:३८ मा प्रकाशित

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा युएस बंगलाको एक विमानमा आज दिउँसो १४: २० बजे आगो लाग्दो सिंगो देश नै शोकमा डुबेको छ ।ढाकाबाट काठमाडौँ आएको बिएस २११ ‘कल साइन’ को विमान धावन मार्गमा अवतरण हुनुभन्दा पहिल्यै विमानमा आगो लागेपछि विमान दुर्घटनामा ४९ को मृत्यु २२ घाइते भएका हुन् ।

यूएस बंगला विमान दुर्घटनामा घाइते भएका मध्ये १ जनाको काठमाडौं मेडिकल कलेज (केएमसी० सिनामंगलमा उपचार भइरहेको छ ।अस्पतालले घाइतेको सूची सार्वजनिक गरेको छ । पिन्ची धामी र समिना ब्यान्जनकारसहित ३ जनाको आईसीयूमा उपचार भइरहेको छ ।

धिरेन्द्र सिंह पुजनाको अर्थो वार्डमा उपचार भइरहेको । अरु विदेशी नागरिक छन् ।
अस्पताल पुर्योइएका चार जनालाई अन्यत्र रिफर गरिएको छ । उनीहरुमा किशोर त्रिपाठी, हरिप्रसाद सुवेदी, दयाराम ताम्रकार र केशव पाण्डेलाई अन्य अस्पताल रिफर गरिएको छ ।
केएमसीले रिफर गरेका मध्ये दरायामसहित तीन जनालाई ग्राण्डी अस्पताल धापासी लगिएको छ ।

विमान दुर्घटनास्थलमा प्रधानमन्त्री
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा युएस बंगलाको विमान दुर्घटनापछि भइरहेको उद्धारको अवस्थाबारे बुझ्न प्रधानमन्त्री केपी शर्मा ओली विमानस्थल पुग्नुभएको थियो ।

गृहमन्त्री रामबहादुर थापाका साथ विमानस्थल पुग्नुभएका प्रधानमन्त्री ओलीले त्यहाँस्थित नागरिक उड्डयन प्राधिकरण र सम्बन्धित अधिकारीबाट घटनाको विवरण र उद्धारको अवस्थाबारे जानकारी लिनुका साथै प्रधानमन्त्री ओलीले उद्धारका लागि आवश्यक सबै स्रोतसाधन जुटाउन निर्देशन दिँदै घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।

अवतरणको क्रममा विमान दुर्घटना भएको प्राधिकरणको भनाइ
प्राधिकरणका अनुसार उक्त विमानमा चार चालक दलका सदस्यसहित ६७ यात्रु सवार रहेका थिए । ढाकाबाट काठमाडौँ आएको बिएस २११ ‘कल साइन’ को उक्त विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा अनियन्त्रित भई धावनमार्गको पूर्वतर्फ दुर्घटनाग्रस्त भएको हो ।

विमानस्थलमा उद्धार तथा अग्नि नियन्त्रकद्वारा आगो नियन्त्रणमा लिने भइरहेको छ र उद्धार कार्यमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बललगायतको उद्धार टोली परिचालित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापाले उद्धार कार्यको निरीक्षण गर्दै आवश्यक निर्देशन दिनुभएको छ ।

घाइतेको केएमसी अस्पताल सिनामंगल र नर्भिक अस्पताल, थापाथलीमा उपचार भइरहेको बुझिएको छ । विमान दुर्घटनामा परी निधन भएकाहरुको विवरण आउन बाँकी छ ।

राष्ट्रपति र उपराष्ट्रपतिद्वारा दुःख व्यक्त
राष्ट्रपति विद्यादेवी भण्डारीले विमान दुर्घटनामा परी निधन भएकामा दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवाजनप्रति समवेदना प्रकट गर्नुभएको छ ।

राष्ट्रपतिले दुर्घटनामा परी घाइते भएकाको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दवाडीले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । बंगलादेशको ढाकाबाट काठमाडौँका लागि उडेको यात्रुवाहक युएस बंगलाको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा अवतरणका क्रममा आज अपराह्न १४ः१८ बजे दुर्घटनामा परेको थियो ।

उपराष्ट्रपति नन्दबहादुर पुनले पनि विमान दुर्घटना हुँदा भएको ठूलो मानवीय क्षतिप्रति दुःख प्रकट गर्दै शोकाकुल परिवारजनप्रति समवेदना व्यक्त गर्नुभएको छ । उहाँले घाइतेको उचित उपचारको व्यवस्था गर्न सरकारसँग अनुरोध गर्नुभएको छ । उहाँले दुर्घटनाका कारणबारे गम्भीर छानविन गर्न तथा आगामी दिनमा दुर्घटना र दुर्घटनाबाट हुने क्षति न्यूनीकरणमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराउनुभएको उहाँका प्रेस संयोजक मनोज घर्तीले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

काँग्रेसद्वारा दुःख व्यक्त
नेपाली काँग्रेसले विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ । काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गरी व्यवस्थित उद्धार र घाइतेको सम्पूर्ण उपचार तथा दुर्घटनाको छानविन गर्न सरकारसँग माग गरेको छ ।

“घटनामा परी दिवंगत हुनुभएका सबैप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पणका साथै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकाकूल परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौँ”, विज्ञप्तिमा भनिएको छ ।

अखिल द्वारा दुःख व्यक्त दुःख
काठमाडौँ, २८ फागुन ९रासस०ः नेकपा (एमाले) निकट अनेरास्ववियूले आज बङ्गलादेशबाट नेपाल आउन लागेको युएस बङ्गला विमान दुर्घटना भएकामा दुःख व्यक्त गरेको छ ।

अनेरास्ववियूका अध्यक्ष नवीना लामाले आज विज्ञप्ति जारी गर्दै आज अपराह्न भएको उक्त विमान दुर्घटनाको दुःख व्यक्त गर्दै घाइतेको यथाशीघ्र उपचार र निःशुल्क उपचार गराउन माग गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू