अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:३८ | Colorodo: 03:53

नवौँ अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेलामा ११ देशको संस्कृति

आर सी कोइराला, काठमाण्डौं २०७४ फागुन २७ गते १०:१२ मा प्रकाशित

एभरेष्ट नेपाल कल्चरले ग्रुपको आयोजनामा गत फागुन १७ देखि सुरु भएको ‘नवौँ अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला–२०७4’ शुक्रवार फागुन २६ गते सम्पन्न भएको छ । 

‘पर्यटक कलाकारको स्वागत संत्कार ! नेपाली लोक संस्कृतिको आधार !!’ नाराका १० दिनसम्म चलेको यस मेला नेपाली लोक संस्कृतिको संरक्षण तथा सम्बर्धन गर्ने मूल उदेश्यले आयोजना गरिएको ‘एभरेष्ट नेपाल कल्चरले ग्रुप’ की महासचिव शीतल आचार्यले बताइन् ।

यस पटकको महोत्सव नेपालको विभिन्न शहरअहरुमा आयोजना भएको थियो: जस्तै काठमाण्डु, ललितपुर, धादिङ्ग गैँडाकोट र पोखराजस्ता पर्यटकीय क्षेत्रमा नेपाल, इस्टोनिया, कोस्टारिका इन्डोनेसिया, बङगलादेश, भारत, इजरायल, मलेशिय, टर्की, इटाली र ग्रिस गरी एघार राष्ट्रका विभिन्न सांस्कृतिक समूहका ३०० भन्दा बढी कलाकारहरूले भाग लिएका थिए । उक्त महोत्सव अवधिभर कलाकारहरूले आ–आफ्नो संस्कृति झल्कने भेष–भूषा लगाई लोक नृत्य, सङ्गीत, लोक गीत र पदयात्रासमेत गरेका थिए ।

ऐतिहासिक तथा विश्वसम्पदा सूचीमा सूचिकृत हनुमानढोकाजस्ता पर्यटकीय दरबार क्षेत्रमा कार्यक्रम गर्न पाउँदा ११ देशका कलाकारहरू अचम्मित परेका थिए। । यस मेला हरेक दुई–दुई वर्षमा आयोजना गरी अन्य मुलुकसँग पनि संस्कृति आदान–प्रदान गरिसकेका छौ’ मेलाका शाह सम्योजक तथा वरिष्ठ लोक गायक नारायण रायमाझीले जानकारी गराए। 

स्थापनाकाल देखि नै यस संस्थाले नेपालको सांस्कृतिक विविधतालाई विश्वसामु प्रस्तुत गरी नेपालको गरिमा बढाउने काम गर्दै आएको छ । नेपालले आफूलाई विश्व समुदायमा प्रस्तुत गर्न थालेको केही दशकमात्र भए पनि यस्ता कार्यक्रमले नेपाली पर्यटन क्षेत्रलाई समेत टेवा पुरर्याउने रायमाझीले भनाइ छ । यद्यपि, नेपालको यी अनौठो सांस्कृतिक विविधता अहिलेसम्म ओझेलमा पर्दै आएको र यस स्थितिलाई मध्यनजर गर्दै यस संस्थाले आफ्नो मौलिक लोक संस्कृति झल्कने कार्यक्रमहरू स्वदेश तथा विदेशमा प्रस्तुत गर्दै आएको रायमाझीले बताए । 

काठमाण्डौं आसपासका विभिन्न विद्यालयमा गई विदेशी कलाकारहरूले आफ्ना सांस्कृतिक प्रस्तुत गरेका थिए भने विद्याथीहरुले समेत सांस्कृतिक प्रस्तुति दिएका थिए । यस किसिमको सांस्कृतिक आदान–प्रदानको कार्यक्रमले विद्यार्थीमा आपसी व्यक्तित्वको विकास तथा विदेशी कलाकारसँग मित्रताका साथै उनीहरूसँगको आन्तरिक क्रियाकलापमा हौसाला बढ्ने महासचिव आचार्यले विश्वास व्यक्त गरिन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू