अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:०४ | Colorodo: 21:19

आजबाट सातौं नेपाल अन्तराष्ट्रीय व्यापार मेला सुरु – प्रधानमन्त्रीबाट मेलाको उद्धाटन

बिआरटीनेपाल २०७४ फागुन २४ गते ४:५५ मा प्रकाशित

प्रधान मन्त्री के पी शर्मा ओलीले आज भृकुटिमण्डपमा आयोजित एक कार्यक्रम वीच  सातौ नेपाल अन्तराष्ट्रीय व्यापार मेलाको उद्धाटन गर्नु भयो ।

३ सय वटा  व्यवसायीक स्टल रहेको सो प्रर्दशनिमा नेपाल लगायत चीनको ७४ वटा बंगलादेशको २१ वटा भारतको १५ वटा  र पाकिस्तानको १५ वटा स्टल रहेको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधान मन्त्री ओलीले बढ्दो व्यापार असन्तुलनलाई न्यूनिकरण गर्न निर्यात बढाउनु जरूरी रहेको बताउनु भयो ।

निर्यात बढाउन र  थप रोजगारी सृजना गर्न सरकारले औधोगिक र लगानी मैत्री बातावरण निर्माण गर्ने भन्दै प्रधानमन्त्री ओलीले त्यसका लागी आवश्यक नीतिगत व्यबस्था गर्ने बताउनु भयो ।

अर्थमन्त्री डा.यूवराज खतिवडाले नेपाल एक रूपैयाको आयात गर्दा ७ रूपैयाको निर्यात गर्ने अवस्थामा रहेको भन्दै आर्थिक संबृघ्दि हासिल  गर्न थप  लगानी आवश्यक रहेकाले स्वदेशी  तथा विदेशी लगानी भित्राउन आवश्यक नीतिगत सुधारमा सरकार लागेको बताउनु भयो ।

सरकार नीजि क्षेत्रको प्रतिस्पर्धीनभएर परिपूर भएको उहाँले बताउनु भयो।

उधोग बाणिज्य तथा आपूर्ती मन्त्री मातृका यादवले अर्थतन्त्रको विकास छाता जस्तो नभएर पिरामिड जस्तो हुनु पर्ने भन्दै नीजि क्षेत्रलाई फुटेर हैन एकजुट भएर आउन सल्लाह दिनु भयो।

भष्ट्रचारलाई शुन्यमा झार्ने बर्तमान सरकारको राष्ट्रिय अभियानलाई सहयोग गर्न समेत उहाँले नीजि क्षेत्रलाई आग्रह गर्नु भयो।

नेपाल उधोग बाणिज्य महासंघका अघ्यक्ष भवानी राणाले अबको प्राथमिक्ता आर्थिक विकासको एकल मुध्दाले पाउनु पर्ने भन्दै लगानी आर्कषित गर्न लगानी मैत्री वताबरणको निर्माण र नीतिगत सुधार आवश्यक रहेको बताउनु भयो।

मेला यही फागुन २८ गते सम्म चल्ने छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू