अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५५ | Colorodo: 03:10

राष्ट्रपतिका लागि उम्मेदवारी बुधबार

बिआरटीनेपाल २०७४ फागुन २२ गते ८:४९ मा प्रकाशित

राष्ट्रपतिका लागि उम्मेदवारी बुधबार

काठमाडौँ, २२ फागुन
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपतिका लागि भोलि फागुन २३ गते बुधबार उम्मेदवारी मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको छ ।

नेपालको संविधान कार्यान्वयन गर्ने सन्दर्भमा सविधानसभा र राष्ट्रियसभाको निर्वाचनपछि यही फागुन २९ गते मंगलबार राष्ट्रपतिको निर्वाचन हुन लागेको हो । सो निर्वाचनका लागि मतदानको समय बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म तोकिएको छ ।

राष्ट्रपति निर्वाचनका लागि बुधबार १० बजेदेखि अपराह्न २ बजेसम्म उम्मेदवारी दर्ता कार्यक्रम रहेको निर्वाचन आयोगले जनाएको छ।

निर्वाचन कार्यक्रम अनुसार फागुन २४ गते बिहीबार साँझ ६ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ ।

राष्ट्रपति निर्वाचनको सिलसिलामा निर्वाचन आयोगले मतदाता नामावलीको अन्तिम सूची आज सार्वजनिक गरेको छ ।

राष्ट्रपति निर्वाचनका लागि प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सदस्य गरी ८८० जना मतदाता कायम रहेका छन् । सरकारको सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रियसभामा मनोनित तीन जना र प्रदेश सभा सदस्य राजीव गुरुङको नाम भने मतदाता नामावलीमा समावेश छैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू