अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२० | Colorodo: 05:35

कविता वाचना तथा अन्त्यहीन इच्छाको लोर्कापण

बिआरटीनेपाल २०७४ फागुन १३ गते ९:४२ मा प्रकाशित

शनिवार, फेब्रुअरी २४, २०१८ का दिन न्यूयोर्क स्थित ज्याक्सन हाइटस् हिमालयन याकमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, न्यु योर्क च्याप्टरले अनेसास बोर्ड अफ ट्रष्टी उपाध्यक्ष तथा वरिष्ठ साहित्यकार गीता खत्रीको साझा प्रकाशनबाट प्रकाशित छैठौं पुस्तक कृति अन्त्यहीन इच्छा कथासङ्ग्रहको लोर्कापण कार्यक्रम तथा कविता वाचन कार्यक्रमको आयोजना गरेको थियो ।

पानसमा बत्ती बालेर कार्यक्रमको थालनी भएको थियो भने नेपाली र अमेरिकी राष्ट्रिय गीत बजाउँदै कार्यक्रमलाई अगाडि बढाइएको थियो ।

पञ्चकन्याबाट कृतिको लोर्कापण गरियो भने कृति समीक्षा साहित्यकार तथा वाणिज्यदूत श्री कृसु क्षेत्रीबाट भएको थियो । महावाणिज्यदूत श्री मधुकुमार मरासीनीले लामो समयदेखि विदेशमा बसेर नेपाली

भाषासाहित्यको विकास र उन्नयनमा साहित्यकार गीता खत्रीले पु¥याउनु भएको योगदानको प्रशंसा गर्दै हार्दिक बधाई तथा शुभकामना दिनु भयो । अनेसास न्यु योर्क च्याप्टरकी उपाध्यक्ष साहित्यकार सकुन ज्ञवालीले कार्यक्रममा उपस्थित पाहुनाहरूलाई स्वागत गर्नु भएको थियो ।

बिस जनाभन्दा बढी साहित्य सर्जकहरूले आ-आफ्नो कविता वाचन गर्दै साहित्यकार गीता खत्रीलाई नेपालको सबैभन्दा जेठो प्रकाशन संस्था साझा प्रकाशनबाट कृति प्रकाशन भएकोमा हार्दिक बधाई तथा शुभकामना दिर्दै आ-आफ्नो कविता वाचन गर्नु भएको थियो । कार्यक्रमको विसर्जन अनेसास न्यु योर्क च्याप्टरका अध्यक्ष राजेन्द्र श्रेष्ठले गर्नु भएको थियो भने कवि लक्ष्मी श्रेष्ठले सफतापूर्बक कार्यक्रक सञ्चालन गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू