अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४० | Colorodo: 04:55

हिमालयन ड्राइभ ६ त्रिदेशीय मोटर -याली भारत प्रस्थान

बिआरटीनेपाल २०७४ फागुन १३ गते ६:२९ मा प्रकाशित

हिमालयन ड्राइभ ६ त्रिदेशीय मोटर -यालीको स्वागतको शनिबार चितवनमा भव्य स्वागत गरिएको छ । नेपाल, भारत र भुटानका प्रतिस्पर्धी सहभागी -यालीलाई शनिबार बिहान सौराहामा स्वागत गरिएको हो । 

-याली  आज भारतका लागि प्रस्थान गरेको छ । चितवन अटोमोबाइल डिलर्स एसोसिएसनले आयोजना गरेको स्वागत कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधान, रत्ननगर नगरपालिका वडा नं. ७ का अध्यक्ष एवं रेवानका केन्द्रीय उपाध्यक्ष राजन भट्ट, एसोसिएसनका अध्यक्ष ईश्वरकुमार श्रेष्ठ, सचिव ईन्द्र रेग्मी लगायतले मन्तव्य राखेका थिए ।

सोही अवसरमा रेष्टुरेण्ट एण्ड बार एसोसिएसन सौराहाले -यालीमा सहभागीहरुलाई खादा र टीका लगाएर स्वागत गरेको थियो । देवघाट क्षेत्रमा समेत हिजै टोलीलाई देवघाट क्षेत्र विकास समितिका अध्यक्ष टंकनाथ पौडेलले राम जानकी बालिका आश्रमका बालिकाहरुलाई स्वस्ती वाचन गराउदै स्वागत गरेका थिए । हिमालयन ड्राइभ ६ त्रिदेशीय मोटर -यालीको स्वागतलाई नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) का अध्यक्ष दशरथ रिसालले समेत स्वागत गरेका थिए ।

त्रिदेशीय खेल पर्यटनको विकास गर्ने उद्देश्य सहित भारतको सिलगुडीबाट छौठौँ संस्करणको हिमालयन ड्राइभ ६ त्रिदेशीय मोटर -याली शुक्रबार देखि सुरु भएको थियो । -याली भारतको सिलिगुडी हुदैँ नेपालको चितवन सौराहा आएको थियो । अब भुटानको फुन्सोलिङबाट दार्जिलिङमा आई याली सकिने नेपाल तर्फका कार्यक्रम संयोजक प्रकाश कपुरीले जानकारी दिए ।

भारतको जस्ट स्पोर्ट्ज म्यानेजमेन्ट प्रालि र नेपाल अटोमोबाइल्स स्पोर्ट्स एसोसिएसन (नासा) अन्तर्गतको नेपाल मोटर स्पोर्ट्स क्लबको आयोजनामा सो -यालीभएको हो । चितवनमा -यालीको सम्पूर्ण व्यवस्थापन चितवन अटोमोबाइल डिलर्स एसोसिएसनले आयोजना गरेको थियो । भारतको एक मात्र अन्तर्राष्ट्रिय टीएसडी (समय, गति र दूरी) मा आधारित सो -याली भारतको पश्चिम बंगालका डुवर्स र दार्जिलिङ पहाड हुँदै नेपाल र भारतका विभिन्न मनमोहक स्थानमा पुग्ने छ ।

-यालीले सबै गरी १६ सय ५० किलोमिटरको दुरी पार गर्नेछ । प्रतिस्पर्धामा नेपालको ४ टिम सहित भारत र भुटानका गरि ४२ वटा कार सहभागी भएका छन् । ६ दिनसम्म चल्ने अन्तर्राष्ट्रिय स्तरको मोटर -याली पहिलो पटक चितवनमा ल्याउने पहल चितवन अटोमोबाइल डिलर्स एसोसिएसनले गरेको कार्यक्रम संयोजक राजन पियाले जानकारी दिए ।

विश्व बंगला र जेके टायरले मूख्य रुपमा प्रायोजन गरेकाले -यालीको नाम ‘विश्व बंगला जेके टायर हिमालयन ड्राइभ सिक्स’ राखिएको छ । यस प्रकारको -याली को यो छैटौं संस्करण हो ।
प्रतिस्पर्धामा पहिलो हुनेले एक लाख भारतीय रुपैयाँ, दोस्रो हुनेले ७५ हजार भारतीय रुपैयाँ र तेस्रो हुनेले ५० हजार भारतीय रुपैयाँ नगद पुरस्कारका साथै ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन् । ¥यालीका अवसरमा नेपालमा मात्रै उत्कृष्ट हुनेहरुलाई पनि पुरस्कार व्यवस्था गरिएको छ । नेपाल पर्यटन बोर्डले प्रवद्र्धन गरेको -याली का लागि जिल्लामा स्थानीय निकायसँग सहयोग र समन्वय गरिएको थियो ।

छैटौं पर्वतीय खेलकुद महोत्सवको अवसरमा समेत सो -याली आयोजना गरिएको बताइएको छ । नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) लगायतका एक दर्जन राष्ट्रिय संघले प्रत्येक वर्ष पर्वतीय खेलकुद महोत्सव गर्दै आएका छन् ।

पर्वतीय खेलकुद महोत्सवको अवसरमा अटोमोबाइल्स वाहेक गल्फ, प्याराग्लाइडिङ, साइक्लिङ, क्रस कन्ट्री दौड, ट्रायथलनलगायतका खेल आयोजना हुनेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू