अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:३४ | Colorodo: 09:49

अमेरिकामा खुराफातीलाई सम्मान

बिआरटीनेपाल २०७४ फागुन १२ गते २३:०७ मा प्रकाशित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिङटन डिसी मेट्रो कमिटी अमेरिकाको आयोजनामा अमेरिकाको भर्जिनिया मनासस सहरमा आयोजित एक विशेष साहित्यिक कार्यक्रममा कवि, कलाकारहरूले आ आफ्ना कविता, गजल, मुक्तक, हाँस्यब्यङ्ग, गीत, नाच प्रस्तुत गरेर वाशिङटन डिसीको साहित्यिक र साङ्गीतिक माहोललाई नयाँ आयाम दिएका छन् ।

प्रा. डा. हरिराज भट्टराई देखी खुराफाती हाकिम मनोज आचार्य सम्म, नीरा शर्मा, दुर्गा रिजाल, रामप्रसाद खनाल, प्रकाश नेपाल, भुप नारायण घर्ति मगर, परशु तिमल्सेना, पुष्कर पन्त, अम्बिका गुरुङ, मन थापा, सुनिता खत्री, बिमला निरौला, कमला खरेल, राम शरण हुमागाइँ, गुणराज लुइँटेल, अरुण रुपाखेती, अम्बिका गुरुङ, सुजना ढकाल, शकुन्तला न्यौपाने, गोमा न्यौपाने, तारा न्यौपाने, पुष्पा घिमिरे, सिता लुइँटेल, खगेस्वर न्यौपाने, मोहन निरौला, बिना घर्ति मगर, सुस्मा खनाल लगायतका सबैका कविता, गजल, मुक्तक, हाँस्यब्यङ्ग, गीत, नाचले अमेरिकामा पनि नेपाल र नेपालीको झल्को दिलाइरहेको थियो ।

४ घण्टा चलेको उक्त कार्यक्रममा कवि तथा कलाकार पुष्कर पन्तको कविता सङ्रह नेपाल देखी अमेरिका सम्मको बिमोचन गरिएको थियो भने आयोजक हरूले अमेरिकाबासी नेपालीका तर्फ बाट खुराफाती उपनामले प्रसिद्धी पाएका अग्रज कलाकार मनोज आचार्यलाई वहाँले कला र साहित्यका क्षेत्रमा पुर्‍याउनुभएको योगदानअको कदर गर्दै सम्मान गरिएको थियो ।

यसै गरी अमेरिका नेपाल सोसाइटीका अध्यक्ष प्रभा भट्टराई देउजालाई पनि सम्मान गरिएको कार्यक्रममा कानुन एवम् भाषा बिदा डा. होमा बहादुर थापाले भाषा, साहित्य र संस्कृतिका विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । महासचिव भुप नारायण घर्ति मगरले सञ्चालन गर्नुभएको उक्त वाशिङटन डिसी साहित्य सङ्गममा संस्थाका अध्यक्ष रामप्रसाद खनालले उपस्थित शाहअभागेए सबैलाई र यस कार्यक्रम श्रीँखलालाई संयोजन गर्नुभएकोमा सल्लाहकार मन थापा मगर, महा सचिव भुप नारायण घर्ति मगर र सदस्य बिना घर्तिमगर लाई विशेष धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रममा जापानी नागरिक मिचिगोले जापनिज भाषाको गीत गाउनु भएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू