अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०० | Colorodo: 23:15

यूगान्डामा रक्तदान कार्यक्रम सम्पन्न: १ सय ६१ पटक रक्तदान गरे अर्जुन मैनालीले

बिआरटीनेपाल २०७४ माघ २८ गते २१:५३ मा प्रकाशित

अमेरिकी जीवन बाहिरबाट हेर्दा सहज देखिन्छ, नेपालमा बस्नेहरुको नजरमा त झन् पैसा र सुखकै संसारमा मानिन्छ अमेरिका । तर अत्यन्त ब्यस्त जीवनशैलीबाट दुखले कमाएको पैसा भित्र पनि मानविय दाहित्व बोध गरेर काम गरिरहेका अमेरिकाबासी नेपालीहरुको एक उदाहरण हुन् अर्जुन प्रसाद मैनाली । जसले ब्यक्तीगत खर्चबाटै सयौं पटक न्युयोर्कबाट यूगान्डा ओहोर दोहोर गरिरहेछन् । त्यो पनि रक्तदान जस्तो पूण्यकामका लागि ।

भर्खरै गैर आवासीय नेपाली सङ्घ युगान्डाले युगान्डाको कम्पालामा सफलता पूर्वक सम्पन्न गरेको रक्तदान कार्यक्रममा सहभागी भएसंगै मैनालीले युगान्डा पुगरे गरेको रक्तदानको रेकर्ड १ सय ६१ पटक पुगेको छ । पछिल्लो कार्यक्रममा बिषेश अतिथीका रुपमा सहभागी भएका उनले रक्तदान गर्नुको आफ्नो उद्येश्यबारे बताए ।

मैनालीका अनुसार नेपालीहरूको रगतले यूगान्डियनलाई बचाउँदा युगान्डा सरकारलाई पनि नेपाली मनको बारेमा थाहा होस् र त्यहाँ रहेका स्थानीयलाई हौसला प्रदार होस् भनेर उनि पटक पटक रक्तदान गर्दै आएका छन् ।

रक्तदान कार्यक्रम गर्न सजिलो होस भनेर कार्यक्रमका लागि ४५०० डलर सहयोग समेत गरेका मैनालीले भने नेपालीहरूले अफ्रिकी मुलुकमा आएर आफ्नो पाखुरामा सुई घुसारी प्लास्टिकको थैला भरी रगत दिनु सजीलो कुरा होईन यो मानविय ह्रदयले महसुष गर्नु पर्ने बिषय हो । जीवन दानलाई जीवनदानकै रुपमा हेरिन्छ त्यसैले जीवनमा कमसेकम एक पटक मात्र भएपनि रक्तदान गर्न सबैलाई अनुरोध गरेका मैनालीले गरेको यो कार्यलाई अमेरिकाबासी नेपाली र गैर नेपालीले पनि प्रशंसा गर्दै आएका छन् ।

सम्पन्न रक्तदान कार्यक्रमका प्रमुख अतिथि ब्लड बैङ्क युगान्डाका प्रमुख मुगिसा विलियमले युगान्डामा रहेका नेपालीहरूको यस मानवीय कार्यको लागि आभार व्यक्त गरेका थिए भने एनआरएनए युगान्डाका अध्यक्ष राजमणी भण्डारी, पूर्व अध्यक्ष रमेश कंडेल, उपाध्यक्ष विनोद थापा, महासचिव रमेश शर्मा, सचिव गङालाल खरेल, कोषाध्यक्ष मन्जुल पाठक, प्रवक्ता कमल भट्ट लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

१०१ जनाले रक्तदान गरेको कार्यक्रममा नेपाली, भारतीय, पाकिस्तानी, अरबेयिन र स्थानीय युगान्डाका नागरिकहरूले समेतले रक्तदान गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू