अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:५९ | Colorodo: 14:14

गीतकार रोजी लाबुङ राईको पुस्तक ‘सोचाइ’ र २ गीति एल्बम ‘रोजाई’ र ‘समन्वय’ एकसाथ बिमोचन

बिआरटीनेपाल २०७४ माघ २७ गते ८:०५ मा प्रकाशित

राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै गीतकार रोजी लाबुङ राईको पुस्तक र एल्बम बिमोचन गरिएको छ । वरिष्ठ गीतकार डाक्टर कृष्णहरि बरालको प्रमुख आथित्यता र गीतकार उन्नती बोहरा ’शिला’ को विशिष्ट आथित्यतामा एल्वम रोजाई , समन्वय र पुस्तक सोचाइको एकसाथ बिमोचन गरिएको हो ।

बिमोचन समारोहमा संगीतकार तारा प्रकाश लिम्बु र गायक बिक्रम राईको पनि उपस्थिति रहेको थियो ।

एल्बम रोजाईमा ७ गीत समावेश छन् । माया दिए , ओ परदेशी , भुल गरे , म सधै सधै , अब म मर्छु होला , सुनसान रातको र डन्ट लाइक योर बानी लगायतका गीत समावेश छन् । यसमा राम कृष्ण ढकाल , मेलिना राई , प्रमोद खरेल , मौनता कमबाङ , साझ सिंह , मिलन अमात्य र राजेश पायल राईको स्वर रहेको छ । यसमा बसन्त सापकोटा , डी रातु , नरेश लिङदेन , तारा प्रकाश लिम्बु , महेश खड्काको संगीत रहेको छ ।

यसैगरी एल्माब समन्वयमा ८ गीत समावेश छन् । यसमा तिमीलाई माया , तिम्रो माया , अलिकति माया , कोहि जिउदै , जलन हुन्छ , सुन्दर फुल , जलन हुन्छ २ र देश प्रेमी लगायतका गीत समावेश छन् ।

कार्यक्रममा अन्जान थिए बोलको गीतको भिडियो सार्वजनिक गरिएको थियो । यसमा शब्द रोजीको रहेको छ भने यसमा संगीत र स्वर विक्रम राईको रहेको छ ।

यसमा राजिव समरको नृत्य निर्देशन , मिलन शंकरको छायाँकन , सुप्रिम पराजुलीको सम्पादन र शान थापाको निर्देशन रहेको छ । युकेमा बस्दै आएकी गीतकार रोजीले एल्बम तथा पुस्तक विमोचनकै लागि नेपाल आइपुगेकी छिन् । इभेन्टलाई लोकप्रिय सञ्चारकर्मी नरेश भट्टराईले संचालन गरेका थिए ।

 उनको क्षमतालाई मैले गीत सुन्दा र पुस्तकका केहि पानालाई अध्यन गर्दा नै पहिचान गरिसकेको छु । उहाको पहिलो एल्बमलाई पनि मैले नै विमोचन गर्ने मौका पएको थिए र अहिले पनि सो अवसर जुरेको छ । उहालाई मैले साहित्यमा निरन्तरता दिन आग्रह गरेको थिए । विदेशमा बसेर पनि साहित्य र गीतसंगीतलाई उहाले गर्नु भएको मायालाई हामीले स्वागत गर्ने पर्छ । उहाको लेखाई रहर मात्र होइन यसमा क्षमता पनि छ । आश छ आगामी दिनमा उहाका सिर्जनाले उचित स्थान पाउनेछन् । म उहाको निरन्तरताको कामना गर्दछु ।

डाक्टर कृष्णहरि बराल

 

उहाको गीतसंगीतमा सबै किसिमका भाव छन् । साथै उहाको लेखाइमा परिपक्ता पनि देखिन्छ । उहाको एकै दिनमा गीत र पुस्तक विमोचन हुदैछ , यो सुन्दा नै मलाई एकदमै खुसि लाग्यो । उहाको लेखन यात्राले निरन्तरता पाउन , यहिँ शुभकामना दिन चाहन्छु ।

उन्नती बोहरा ’शिला’

यो मेरो रहर मात्र होइन , ईच्छा पनि हो । मैले यसमा आफ्ना भावलाई ब्यक्त गरेकी छु । केहि देखेकी छु , केहि भोगेकी छु अनि केहि कल्पना गरेकी छु । विदेशी भूमिमा भएता पनि मैले लेख्नलाई रोक्न सकिन । गीत लेख्नमा छुटै किसिमको आनन्द छ , यसले मलाई उर्जा थप्ने काम पनि गर्ने गरेको छ ।

रोजी लाबूङ राई , गीतकार

तस्वीर: विवेक बस्याल

 

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू