अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:४८ | Colorodo: 10:03

मध्यरातसम्म झुम्यो अमेरिकाको कोलोराडो, नेपाल आईडलका विजयी बुद्ध, निसान र प्रतापको प्रस्तुतिमा

बिआरटी नेपाल सम्बादाता, कोलोराडो २०७४ माघ २० गते १५:१२ मा प्रकाशित

नेपाल आईडलका ३ विजयी बुद्ध, निसान र प्रतापले अमेरिकाको कोलोराडोमा आफ्नो प्रस्तुति दिएका छन् । साङ्गीतिक कार्यक्रमका लागि अमेरिका आएका नेपाल आईडल बुद्ध लामा, फस्ट रानरअप, निसान भट्टराई र सेकेण्ड रनरअप प्रताप दासले शुक्रवार कोलोराडोको वेष्टमिनिस्टरमा आफ्नो प्रस्तुति दिएका हुन् ।

कोलोराडो नेपाली युथ क्लबको आयोजनामा साँझ ७ बजे देखी रातको २ बजे सम्म चलेको सो साङ्गीतिक कार्यक्रममा बुद्ध, निसान र प्रतापले जितेर गै या हारेर, मलाई माफ गरिदेउ, मोटर साइकलमा, उकाली ओराली गर्दैं, लगायतका थुप्रै गीतहरू सुनाएका थिए, भने दर्शकहरूले उनिहरुसंगै गाउने र नाच्ने गरेको दृश्यले पनि माहौल तताएको थियो ।

कार्यक्रममा स्थानीय कलाकारहरू सम्झना पाण्डे, शरण गुरुङ, शुभन्जन डोवा, कास्टमन्डप ग्रुप, भयन्कर ग्रुप साथै डिजे नोरज र डिजे शीतलको पनि प्रस्तुति पनि रहेको थियो ।

झन्डै ६ सय दर्शकको उपस्थिति रहेको यो कार्यक्रममा बुद्ध निसान र प्रतापले आयोजक संस्था र कोलोराडोबासी नेपालीलाई धन्यवाद दिएका थिए । कार्यक्रमको सञ्चालन छाम्जी शेर्पाले गरेकी थिइन । उनले गिनिस बुकमा आफ्नो नाम लेखाइ सकेकी छन् । १६ वर्षको उमेरमा उनले सगरमाथा चढेर सबभन्दा सानो उमेरमा सगरमाथा चढ्ने भनेर गिनिस बुकमा आफ्नो नाम लेखाएकी हुन ।

More Photos Click Here

प्रतिक्रिया