अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:३१ | Colorodo: 11:46

मरिनो भ्यालीमा १२ औँ साहित्य तथा काव्य शृन्खला गोष्टी सम्पन्न

बिआरटि नेपाल सम्बादाता, लस एन्जलस २०७४ माघ १५ गते १६:१९ मा प्रकाशित

अमेरिकामा अनेसास लस एन्जलस च्याप्टरको आयोजनामा सो १२ औँ साहित्य तथा काव्य श्रिङ्गग्खला गोष्टी संस्थाका महासचिव प्रकाश चन्द्र घिमिरेको मरिनो भ्यालीमा अवस्थित निवासमा लसएन्जलस,सम्पन्न भएको छ । सचिव घिमिरेले सञ्चालन गरेको उक्त कार्यक्रमको सभापतित्व सोही च्याप्टरका अध्यक्ष डन कार्कीले गरेका थिए ।

संस्थाका उपाध्यक्ष तिलक कार्कीको स्वागत मन्तव्यबाट सुरु गरिएको सो गोष्टीको प्रमुख अतिथि अनेसासका केन्द्रीय कोषाध्यक्ष शान्तिराम ढकाल रहेका थिए । कार्यक्रमको सुरुमा अनेसासका सल्लाहकार डा. खगेन्द्र लुइटेललाई पित्रीसोक परेको यो अवस्थामा उनका पिता पण्डित इन्द्र प्रसाद लुइटेलको परमधाम बास गरेको आत्मामा चीर शान्तिको कामना गर्दै १ मिनेट मौन धारण गरिएको थियो ।

कार्यक्रममा केही नयाँ श्रष्टाहरुको पनि उपस्थिति भएको हुँदा केन्द्रीय कोषाध्यक्ष ढकालले अनेसासको बारेमा छोटो जानकारी दिएका थिए । साथै उक्त संस्थाको सदस्यता लिई दिनको लागि अनुरोध समेत गरेका थिए ।

महासचिवको घरमा तयार पारिएका स्वादिला भोजनको मजा लिएर श्रष्टाहरु आ-आफ्ना एक भन्दा बढी रचनाहरू वाचन गर्नमा हौसिएका थिए । रचना बाच्न गर्नेहरुमा डन कार्की, शान्तिराम ढकाल, राम लामा अविनाशी, प्रेम गुरांगाईं , मोतिसरा विष्ट, तिलक कार्की, मनोज मणि भट्टराई, दीप शङ्कर सुबेदी आदी थिए ।

कार्यक्रममा कुलदीप विष्ट, लीला देवी न्यौपाने मिना न्यौपाने, टेक नाथ हमाल, विवेक भट्टराई, , सेष्टिना ढकाल , बेपन कंडेल आदिको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू