अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:०४ | Colorodo: 15:19

कोलोराडोमा भोलि सरस्वती पूजा मनाइँदै

बिआरटी नेपाल सम्बादाता, कोलोराडो २०७४ माघ १२ गते ९:५९ मा प्रकाशित

वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या, बुद्धि बढ्ने विश्वास रहेको जन आस्था छ । सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लाग्छ । विद्यालय नपठाइएका साना बालबालिकालाई पूजाकै दिनदेखि अक्षरारम्भ गराउने चलन छ । सरस्वती पूजाको दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने जनविश्वास रही आएको छ । कोलोराडोमा पनि भोलि शनिवार जनवरी २७, २०१८ ब्राइटनको सनातन मन्दिरमा बिहान ठिक ११ बजे सरस्वतीको पूजा गर्ने कार्यक्रम रहेको छ । उक्त कुराको जानकारी अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टर अध्यक्ष कृष्ण मुरारी ढुङेलले बिआरटी नेपाललाई दिएका हुन । उक्त पूजा पछि बाल बालिकाहरुलाइ कापी कलम वितरण र कवि कबियत्रीहरुले आफ्ना-आफ्ना रचनाहरू पढेर सुनाउने कार्यक्रम रहेको छ । सरस्वती पूजा हुनाले भरसक माता सरस्वती सम्बन्धी आफ्नो रचना ल्याउनु हुन च्याप्टर अध्यक्ष ढुङेलले अनुरोध गरेका छन् ।

चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनले हंसवाहिनी, जगन्माता, वागीश्वरी, भारती, शारदा, कौमारी, वरदायिनी, बुद्धिधात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन् ।

विद्या र सिर्जनाकी देवी भएकाले विशेषगरी कलाकार, पत्रकार, साहित्यकार, शिक्षक र विद्यार्थी आआफ्ना कला–साधनाका वस्तु कलम, कापी र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन् भने तान्त्रिक तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा आराधना गर्दछन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू