अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:१९ | Colorodo: 20:34

‘कर्णालीलाई समृद्ध बनाउँछौं’ -छक्कबहादुर लामा

बिआरटीनेपाल २०७४ पुष १८ गते ४:५५ मा प्रकाशित
हुम्लाबाट निर्वाचित प्रतिनिधि सभा र प्रदेश सभा सदस्यले कर्णालीलाई समृद्ध बनाउने लागिपर्ने प्रतिवद्धता जाहेर गरेका छन् । प्रतिनिधि सभा सदस्यमा स्वतन्त्रबाट निर्वाचित छक्कबहादुर लामाले हुम्लाका जनताले गरेको विश्वासलाई आत्मसात गर्ने बताए ।
जडिबुटी, पर्यटन, कृषिलाई मुख्य आधार बनाएर कर्णालीको विकास गर्न सकिने लामाले बताए । आफू वाम स्वतन्त्र उम्मेदवार भएर चुनाव जितेको बताउँदै आफू सर्वहारा जनताको पक्षमा काम गर्ने बताए । “म माओवादी केन्द्रको पोलिट्ब्यूरो सदस्य हुँ । पार्टीले गलत व्यक्तिलाई उम्मेदवारी दिएका कारण मैले स्वतन्त्रबाटै उम्मेदवारी दिएँ । पार्टीले कारवाही फिर्ता लिए पार्टीमै हुन्छु” लामाले भने । उनले पार्टीले फर्किने अवस्था नभएपनि जनताको पक्षमा भने काम गर्ने बताए ।
प्रदेस सभा (क) बाट निर्वाचित दलबहादुर रावलले हुम्ली जनतालाई अन्ययमा पर्न नदिने प्रतिवद्धता जाहेर गरे । निर्वाचनपछि देश कम्युनिस्टमय भएको बताउँदै रावलले नयाँ सरकारको मुख्य कार्यभार आर्थिक समृद्धि भएको बताए । रावलले ६ नम्बर प्रदेशमा कम्युनिस्टको दुईतिहाईको सरकार बन्ने बताउँदै कर्णालीका खोलाखोलामा विजुली, किनारमा सडक र डाँडाहरुमा रिसोर्ट बनाएर जनताको जीवनस्तर माथि उठाउन सकिने विश्वास व्यक्त गरे ।
नेकपा माओवादी केन्द्रका केन्द्रीय सचिवालय सदस्य कर्णजीत बुढाले हुम्लाबाट निर्वाचित दुबै जनालाई बधाई दिँदै जनताको अपेक्षालाई नभुल्न सुझाव दिए । नेपाली काँग्रेसले जित्ने भएका कारण आफूहरुले स्वतन्त्र उम्मेदवार लामाको पक्षमा लागेको बताए । “पार्टीको आधिकारिक उम्मेदवारलाई साथ दिए जनता विरोधी शक्तिले जित्नेभएपछि हामी स्वतन्त्र उम्मेदवारको पक्षमा लागेका हौँ” बुढाथोकीले भने । उनले उम्मेदवारी स्वतन्त्र भएपनि पार्टीकै नेता भएको बताउँदै लामाले जित्दा पनि माओवादीले नै जितेको बताए ।
पार्टी एकताबारे बोल्दै बुढाथोकीले नेताको पदको लागि चोचोमोचो मिलाएर गरिने एकताले वर्ग र जनताको हित नगर्ने बताए । उनले एकताको सकारात्मक र नकारात्मक दुबै पक्ष हुने समेत बताए । बलियो आधार तयार गरेर एमाले र माओवादी केन्द्रको एकता गर्नुपर्ने धारणा राखे । नेपाली कम्युनिस्ट आन्दोलनले एकता र फुटका धेरै अनुभव गर्दै आएको बताउँदै फेरि फुट्ने गरी एकता गर्न नुहने बुढाथोकीको तर्क थियो ।
माओवादी केन्द्र निटक अखिल क्रान्तिकारी हुम्ला–काठमाडौँ सम्पर्क समितिले गरेको बधाई तथा सम्मान कार्यक्रममा माकेका पोलिट्ब्यूरो सदस्य छिरिङ लामालगायतले निर्वाचित जनप्रतिनिधिलाई बधाई दिँदै जनताको विश्वास नगुमाउन सुझाव दिएका थिए ।
प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू