अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:१७ | Colorodo: 20:32

राष्ट्रकवि घिमिरे सहित ‘आरोहण’ महाकाव्यका १३ स्रष्टा सम्मानित

बिआरटीनेपाल २०७४ पुष २ गते १:३० मा प्रकाशित

राष्ट्रकवि माधव प्रसाद घिमिरे सहित आरोहण ऐतिहासिक महाकाव्यका १३ जना स्रष्टाहरु सम्मानित भएका छन् । राष्ट्रकवि घिमिरे सहित सम्मानित हुनेहरुमा प्रा. गोपीकृष्ण शर्मा, प्रा. राजेनु सुवेदी, भुवन हरि सिग्देल, ठाकुर शर्मा भण्डारी, श्री हरि फुँयाल, प्रकाश चापागाई ,डा. जीवन अधिकारी , नारायण प्रसाद पोखरेल, डा. रामप्रसाद ज्ञवाली, डा. लेख प्रसाद निरौला, डा. देवी नेपाल रमेश सुभेच्छु र नारायण निरासी रहेका छन् ।

सम्मान समारोहमा बोल्दै राष्ट्रकवि घिमिरेले गद्य कविहरुद्धारा सयुक्त रुपमा लेखिएको आरोहण एेतिहासिक महाकाव्य भएको र नेपाली साहित्यमा एक फरक उदाहरणका रुपमा लिन सकिने बताए।

रेडियनट इन्फोटेक नेपालको आयोजनामा भएको सम्मान समारोहमा साहित्यकार ठाकुर शर्मा भण्डारीका ३ कृति अभिवेन्जन, विवेचना र परीदर्शनको एकसाथ लोकार्पण गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू