अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:०९ | Colorodo: 01:24

हत्या गरी फरार अभियुक्त १२ वर्ष पछि जेल चलान

बिआरटीनेपाल २०७४ मंसिर १० गते २१:१० मा प्रकाशित

कर्तव्य ज्यान मुद्दामा १२ वर्षदेखि फरार रहेका एक अभियुक्तलाई महोत्तरी जिल्ला अदालतले आइतबार साँझ जेल चलान गरेको छ ।

जेल चलान हुनेमा जिल्लाको भंगहा नगरपालिका– ९ बस्ने ६० वर्षीय रामेश्वर सदा मुसहर रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुबेर कडायतले बताउनुभयो ।

विसं २०६२ असार १५ गते महोत्तरी जिल्ला अदालतले कर्तव्य ज्यान मुद्दामा सदालाई २० वर्ष कैद सजाय तोकेकामा उनी फरार रहँदै आएको थिए । बाह्र वर्षदेखि भारतमा गई लुकेर बस्दै आएका सदा घर आएको खबर पाउनासाथ आइतबार जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको विशेष प्रहरी टोलीले उनलाई घरैबाट पक्राउ गरेको प्रहरी उपरीक्षक कडायतले बताउनुभयो ।

आइतबार पक्राउ गरिएका सदालाई सोही दिन प्रहरीले महोत्तरी जिल्ला अदालतमा पेश गर्दा अदालतले उनलाई कैद भुक्तानका लागि आइतबार साँझ जलेश्वर कारागारमा पठाएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । (रासस)

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू