अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:२४ | Colorodo: 00:39

‘कम्युनिष्ट शासन युवा पुस्ताका लागि ठूलो सकस हो’ – कांग्रेस नेता खाँड

बिआरटीनेपाल २०७४ मंसिर ९ गते ५:३९ मा प्रकाशित

नेपाली काग्रेसका नेता बालकृष्ण खाँडले मुलुकमा कुनै हालतमा कम्युनिष्ट शासन आउन नदिने बताउनु भएको छ ।भक्तपुर क्षेत्र नं. २ ले  गरेको निर्वाचन प्रचारप्रसार कार्यक्रमलाईसम्वोधन गर्दै निर्वाचन केन्द्रीय परिचालन समितिका सदस्य समेत रहेका खाँडले कम्युनिष्ट शासन युवा पुस्ताका लागि ठूलो सकस हुने बताउनु भयो ।

“बिश्वमा अब चारवटा मुलुकमा मात्रै कम्युनिष्ट शासन छ ।

आज जसरी नेपाली युवाहरु अध्ययन र रोजगारीका लागि विदेश जान पाएका छन्, कम्युनिष्ट शासनमा कोही पनि निर्वाध रुपमा विदेशजान पाउँदैन ।” उत्तर कोरिया, क्युवा, लाओस र भियतनाममा मात्र कम्युनिष्ट शासन रहेको बताउँदै काँग्रेस नेता खाँडले ती मुलुकबाट कोही नागरिक स्वेच्छाले विदेश जान समेत नपाउने गरेकोउदाहरण प्रस्तुत गर्नु भयो ।

उहाँले त्यसकारण पनि युवाहरुले कम्युनिष्ट पार्टीलाई भोट दिनु भनेको आफ्नो खुट्टामा आफैं बञ्चरो हान्नु हो भन्नु भयो ।

नेपालको विकास जलस्रोत र पर्यटनको प्रवद्र्धनबाट मात्र सम्भव हुने उल्लेख गर्दै नेता खाँडले मुलुकमा कम्युनिष्ट शासन आएका पर्यटकहरु समेत आउन नपाउने उत्तर कोरियाको उदाहरण दिनु भयो।

नेपालीको विकास र सम्बेद्धिका लागि लोकतन्त्रको विकल्प नभएको र नेपाली काँग्रेसले मात्र लोकतन्त्रको रक्षा गर्न सक्ने नेता खाँडले बताउनु भयो ।

कार्यक्रममा यस क्षेत्रका नेपाली काँग्रेसका उम्मेदवार तथा पूर्व सभामुख दमननाथ ढुंगानाले लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हुन सक्ने उल्लेख गर्नु भयो ।

संविधानको रक्षा र मानव अधिकारकोप्रत्याभूतिका लागि नेपाली काँग्रेसको विकल्प नभएकाले पनि आफू फेरि नेपाली काँग्रेसको उम्मेदवार भएर यस क्षेत्रमा आएको ढुंगानाले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू