अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:३१ | Colorodo: 14:46

संयुक्त आवासमा अमेरिकीको रुचि

बिआरटीनेपाल २०७४ मंसिर ३ गते १२:४२ मा प्रकाशित

जाडोको मौसम । तीन फिट हिँउले पुरिएको सहर । सेराक्युसका एक्ला मानिसहरूका लागि बहलिने खासै केही हुँदैन । बाहिर जान सकिँदैन । लामो समय भित्र बस्न पनि सकिँदैन । उकुमुकुस हुन्छ । यस्तो बेला साथी संगति भेला भएर डिनर खानु कति मजा हुन्थ्यो होला ? अथवा, योगा क्लास लिन सके वा सँगै बसेर फिल्म हेर्न पाए, नभए कम्तीमा सँगै बसेर गफै गर्न पाए पनि कति जाति हुन्थ्यो होला ? हिउँदे कठ्यांग्रिदो जाडोमा न्यास्रोपनबाट मुक्ति पाइन्थ्यो । बचेको समय झ्यालबाट हिउँ परेको हेरेरै कटाउन सकिन्थ्यो ।

सेराक्युसको कुनै एउटा ठाउँका लागि भने यी मिठा कल्पना सत्य हुन् । त्यो ठाउँ कमनस्पेस हो । कमनस्पेस संयुक्त आवास हो जुन् पुनःनिर्माण गरिएको १९ औँ शताब्दीको एउटा कार्यालय भवनको चौथो र पाँचौ तलामा छ । त्यहाँ ससाना अपार्टमेन्ट छन् । ती अपार्टमेन्टमा निजी भान्सा र नुहाउने ठाउँजस्ता सुविधायुक्त छन् । साथै, त्यहाँ संयुक्त भान्साघर, पुस्तकालय, गेम रुम, कफि लाउन्ज र मिडिया रुमको व्यवस्था पनि छ । यो संयुक्त आवास गृहमा रहेका ती निजी अपार्टमेन्टमा २७ जोडी बस्न सक्छन् । ती जोडी एक्लोपनाको समस्या बढिरहेको देशमा बढ्दो आकर्षण रहेको इन्टेन्सनल कम्युनिटिजका हिस्सा हुन् ।

अमेरिकीहरु सन् १९६० को दशकमा गरिएको कम्युन प्रयोग थुप्रै समस्याले असफल बन्यो भन्ने निष्कर्षमा पुगेपछि सँगसँगै बस्ने र कम्युनजस्तो सँगै पनि नबस्ने विचारले बढी आकर्षण पाएको हो । इन्टेनसल कम्युनिटी योजनाबद्ध रूपमा बसेका बस्ती र सहरभन्दा फरक चीज हो । यो ठुलो गाउँ वा सानो सहरजस्तो पनि होइन । यो सयौँ एकड जमिनमा फैलिएको ठाउँ पनि होइन हजारौँ परिवार अटाएको हुन्छ, जसको साझा स्वीमिङ पुल, गल्फ कोर्स, वा पोखरीजस्ता कुरा हुन्छन् ।

इन्टेन्सनल कम्युनिटी भनेको करिब २ दर्जन अपार्टमेन्टमा सँगै बसिरहेका परिवारहरू हुन् । अथवा, साझा आगन वा भेला हुने खाली ठाउँ भएको तर एउटा परिवार बस्ने घरहरुको समूह हो । ती परिवारहरू एक अर्काको सम्पर्कमा रहन्छन् । उनीहरू कम्युनिटी सेन्टरमा हरेक साता सँगै डिनर खान्छन् । बेबी सिटिङ सेन्टर साझा हुन्छ । बगैंचा, गेम खेल्ने ठाउँ र बिदा मनाउने ठाउँसम्म साझा हुन्छ । तपाईँ सँगै डिनर खान चहानुहुन्छ, ठिक छ । चहानुहुन्न, त्यो पनि ठिक छ । तपाईँलाई कसैले गेम खेल्न वा कुनै कार्यक्रममा सहभागी हुन कर गर्दैन । तर, तपाईँको जीवनसाथी बाहिर भएको बेला बच्चा बिरामी भयो वा तपाईँ एक्लै बस्नु प¥यो भने र त्यति बेला तपाईँलाई समय कटाउन साथीभाई भैदिए हुन्थ्यो भन्ने लाग्यो भने इन्टेन्सनल कम्युनिटी सेवामा हाजिर छ ।

इन्टेन्सनल कम्युनिटीले चर्चा कमाउनुको मुख्य कारण यो तपाईँको एक्लोपनाको साथी बन्न सक्नु नै हो । “हामी हाम्रो सामाजिक सम्बन्धमा भरपर्दो बनाउन उदाएका हौँ,” पूर्व युएस सर्जन जनरल डा. विवेक मुर्थी भन्छन्, “हामी सामाजिक रूपमा जोडिन नसकेको अनुभूति भयो भने त्यसले हामीलाई शारीरिक तनाव तर्फ धकेल्छ ।” एएआरपी म्यागेजिनले गरेको अध्ययन अनुसार ४० प्रतिशत वयस्क अमेरिकी एक्लोपनाको सिकार छन् । मुर्थीले यो अवस्था खतरनाक भएको चेतावनी दिएका छन् । उनका अनुसार एक्लोपनाको सिकार भएका मानिसमा शारीरिक जोखिम बढी हुन्छ । जस्तो, यस्ता मानिसले दैनिक १५ खिल्ली चुरोट पिउन सक्छन् जसले मुटुको रोग बढाउँछ । डायबिटिज, क्यान्सर र अन्य थुप्रै रोगको संक्रमणको जोखिम बढ्छ । एक्लोपनाको नराम्रो पक्ष के हो भने यसको असरलाई भौगोलिक विविधताले फरक पार्दैन । यसले भर्खर करिअर सुरु गरेका मिलेनियल पुस्ता (सन् १९९१ देखि २००१ सम्म जन्मेका मानिस), विधुवा, सन्तान नभएका, छाडपत्र गरेका, कलेजमा पहिलो वर्ष अध्ययन गरिरहेका र परिवारदेखि टाढा रहेका सबैलाई असर गर्छ । सामाजिक सञ्जालले टाढा भएकालाई नजिक बनाएजस्तो त देखिन्छ, तर यसले अवास्तविक सम्बन्ध सिर्जना गरिदिएर वास्तविक सम्बन्धलाई पर धकेलिदिन भूमिका खेलिरहेको छ ।

सन् १९९० यताका धेरै अध्ययनले सामाजिक सम्बन्धका स्वास्थका लागि फाइदाजनक भएको देखाएको छ । मुटु सम्बन्धी रोग भएका मानिसहरूमा गरिएको अध्ययनले सामाजिक सम्बन्ध भएका मानिसमा सामाजिक न्यून भएका मानिसमा भन्दा मृत्यु जोखिम २ दशमलव ४ प्रतिशत कम हुन्छ । सामाजिक सम्बन्धले क्यान्सरको जोखिम घटाउँछ, रोग लागे निको हुने गति बढाउँछ, र हाइपरटेन्सन र मुटुसम्बन्धी अन्य रोगको जोखिम कम गर्छ । यतिसम्म की सामाजिक सम्बन्धले घाउ निको हुने समयमा पनि फकर पार्छ । धेरै अध्ययनले सामाजिक सम्बन्धले दिने यस्तो नतिजा त्यसले मनोविज्ञानमा पार्ने सामाजिक उत्तरदायित्वको अनुभूतिजस्ता अर्थपूर्ण प्रभाव भएको सुझाएका छन् । जब आफन्त, साथीभाइ र परिवार वरिपरि हुन्छन्, तपाईँको दिमागले स्वचालित रूपमा स्वास्थलाई हानी गर्ने कुरा छनौट गर्दै, यद्यपि त्यसबारे परिवार, साथीभाइ र आफन्तले चासो नराखेका हुन सक्छन् । अध्ययनहरुले के पनि देखाएको छ भने त्यही दिमागी संरचनाले शारीरिक पीडा र सामाजिक चिन्ता पनि नियन्त्रण गर्छ । सामाजिक रूपमा जोडिँदा स्वस्थमात्र राम्रो बन्न सघाउ पुग्दैन, यसले तपाईँलाई आनन्दको अनुभूति पनि दिलाउँछ ।

“इन्टेन्सनल कम्युनिटिहरु तपाईँको पछाडि कोही छ, एक्लै हुनुहुन्न भन्ने भावना विकास गरिरहेको छ,” हावार्ड युनिभर्सिटीका मनोविज्ञ रबर्ट वाल्डिंगर भन्छन्, “हामी मानिसहरूलाई तपाईँ मध्य रातमा बिरामी भए वा डर लागे कसलाई बोलाउनुहुन्छ भनेर सोध्छौं । यो प्रश्नको उत्तर पाउन तपाईँलाई इन्टेन्सनल कम्युनिटीले सहयोग गर्छ ।” वालडिंगर हावार्ड स्टडि अफ एडल्ट डेभलपमेन्टका निर्देशक पनि हुन् । इन्टेन्सनल कम्युनिटीको सङ्ख्या कति छ भन्ने पत्ता लगाउनु गाह्रो काम हो । नयाँ बनाइएको संयुक्त आवासको सङ्ख्या करिब १६० मात्र छ । तर, फेलोसिप फर इन्टेन्सनल कम्युनिटीको सूची अनुसार, ५० राज्यमा १ हजार ५ सय ३९ यस्ता समुदाय छन् जसले पुरानै घरहरुलाई संयुक्त आवासमा रूपान्तरण गरेका छन् ।

कमनस्पेसको उपस्थिति मुख्य सहरहरूमा छ । २८ परिवारको समुदाय भएको मिलाग्रो टक्सन र एरिजजस्ता ठाउँमा छ । डुह्राममा त्यस्तै प्रकारको समुदाय भिलेज हर्थ कोहाउजिङ छ जहाँ एजिबिटिक्यू समुदायका मानिस बस्छन् । कला क्षेत्रका पाका मानिसका लागि त्यस्तै खाले छुट्टै समुदाय बनाइएको छ । किसानका त्यस्ता समुदाय पनि अस्तित्वमा छन् जो आफ्नै घरमा छुट्टै त बस्छन् तर खेती भने संयुक्त रूपमा गर्छन् ।

हरेक समुदायका लागि सङ्ख्या महत्त्वपूर्ण कुरा हो । सङ्ख्या त्यति राखिन्छन् जति आपसमा सजिलै जोडिन सक्छन् । “तपाईँ ३ सय मानिसलाई चिन्न सक्नुहुन्न,” सेराक्युज अन्तर्गतको कमनस्पेसका विकासकर्ता तथा सह संस्थापक ट्रोय इभान्स भन्छन्, “तर तपाईँ ५० जनालाई चिन्न सक्नुहुन्छ । हामी एउटै भवनमा बस्ने मानिसबीच छिमेकीको भावना विकास गर्ने कोसिस गरिरहेका छौ ।”

कोसिस हरेक हिसाबले सफल पनि छ । सेराक्युजमा रहेका २५ अपार्टमेन्टको औसत भाडा मासिक ८ सय ५० डलर छ । यो रकम २ सय स्क्वायर फिटको सानो ठाउँको लागि महँगो हो । तर, यसमा साझा ठाउँहरूको सातामा ३ पटक सफाइ र फार्म–टु–टेबल डिनरको रकम समेत समेटिएको छ । त्यसबाहेक पैसामा तुलना गर्न नसकिने सामाजिक फाइदा त छँदैछ ।

ती साना अपार्टमेन्टहरु वुद्धिमतापूर्वक बनाइएका छन् । ओछ्यान स्टोर क्याबिनेटमाथि बनाइएको छ । झ्याल भुईँदेखि सिलिङसम्म अग्लो छ जसले जसले खुलापनको अनुभूति दिन्छ । बाथरुम टब नभएपनि पूर्ण छ । र, विद्युतीय किचन स्टोभमा २ वटामात्र बर्नर छन् । किनेभने स्थानीय कानुनले साना अपार्टमेन्टमा आगो बाल्न प्रतिबन्ध लगाएको छ । अपार्टमेन्टमा टिभी र हाई–स्पीड इन्टरनेट छ । र त्यहाँ जडित स्ल्याक च्यानलले २७ परिवारलाई सम्पर्कमा बस्न हरेकले थप २६ इमेल एड्रेस सम्झिनुपर्ने झण्झटबाट मुक्ति दिएको छ ।

सेराक्युजमा पहिलो पटक आएका र चिनेजानेका कोही नभएका मानिसबाट यस्ता अपार्टमेन्टको माग भएको इभान्स बताउँछन् । “यहाँ ८ विभिन्न देश र ७ विभिन्न राज्यबाट आएका मानिसहरू छन् । विविध समुदायका मानिस एक ठाउँमा हुनु साँच्चिकै गजब कुरा हो,” उनी भन्छन् ।

विविधता सांस्कृतिक रुपमामात्र छैन । सोच्ने तरिकामा पनि छ । जस्तो, कमनस्पेसमा अपार्टमेन्ट भएकी स्टेट युनिभर्सिटीमा इन्भाइरोमेन्ट एण्ड फरेस्ट्री पढ्ने रोज बियर, २३, र त्यहीँ बस्ने उनको पुरुष साथीबीच सोचमा फरक छ । उनको पुरुष साथी कम्प्युटर कोडिङ गर्छन् । गणितका हिसाबले सोच्छन् । उनी भावनात्मक रूपले सोच्छिन् । भावनात्मक रूपले काम गर्छिन् । एक दिन फाइबरको सजाउने सामाग्री बुनिरहँदा उनले पुरुष साथीका लागि ब्रासलेट बुनिदिइन् । उनको पुरुष साथी सानो ब्रासलेटबाट ज्यादै प्रभावित भए जसरि उनी उसको सोच्ने गणितीय तरिकाबाट प्रभावित छिन् । फरक विचार भए पनि उनीहरू असल साथी बनेका छन् । यस्ता सम्बन्धहरुको अर्थ छ । तर, कमनस्पेसका मानिसहरूसँग सधैँ पर्याप्त समय हुँदैन ।

मिलाग्रो र टक्सनजस्ता अरू इन्टेन्सनल कम्युनिटीमा धेरै कुरा फरक छ । त्यहाँ रहेका २८ घर कहिले काहीँ भाडामा पनि उपलब्ध हुन्छ । सामान्यतयाः ती घर त्यहाँ बस्नेको स्वामित्वमा हुन्छ जसले बजार मूल्य अनुसार घर १ लाख ७५ हजार डलरदेखि ४ लाख ३० हजार डलरसम्ममा बेच्न सक्छन् । त्यहाँ घर जग्गामा लगानी गर्नु भनेको समुदायको जीवनमा बराबरी लगानी गरी साझेदारी जनाउनु हो । २ सन्तानका विवाहित पिता ब्रायन स्टार्क कम्युनिटी स्थापना भएको २ वर्षपछि मिलाग्रोमा सन् २००३ देखि बस्न थालेका हुन् । उनी आपूmलाई त्यहाँ जीवनभर बस्ने मानिस ठान्छन् । उनलाई हरेक शनिवार हुने कम्युनिटी डिनर, हलिडे पार्टी वा तारा हेर्दै सुखद समय बिताउने कुरामा खासै आकर्षण छैन । तर, उनका लागि यो कम्युनिटी सजिलो र सौहार्दमय सम्बन्ध भएको ठाउँ हो । उनले कम्युनिटीका हरेकलाई चिनेका छन् र हरेकले उनलाई चिन्छन् । यो कुराले उनलाई तानेको छ । कम्युनिटीमा बाँधेर राखेको छ । त्यसभन्दा पर, साह्रो गाह्रो पर्दा त्यहाँ उनलाई साथ दिने साथीहरू छन् ।

संयुक्त आवासले मेडिकल बेनिफिट दिन्छ भन्ने पुष्टि गर्ने विज्ञान छैन होला । तर, समुदायका कारण बन्ने मानव सम्बन्धले पु¥याउने फाइदा भने स्थापित छ । ब्रिघम युनिभर्सिटीले हालै गरेको विश्भरका १ सय ४८ वटा अध्ययनहरुको विश्लेषणले एक्लोपना र आयुबारे चिन्ताजनक निष्कर्ष निकालेको छ । त्यसअनुसार एक्लोपनको सिकार भएको वयस्कहरु मर्न सक्ने जोखिम सामाजिक सम्बन्ध भएकाहरुको तुलनामा ५० प्रतिशत बढी हुन्छ । त्यस विषयमा गरिएको थप अध्ययन केही सकारात्मक छ । तर, त्यसले पनि एक्लोपनाको सिकार भएका मानिस ३० प्रतिशत बढी मृत्युको जाखिममा हुने देखाएको छ ।

“हरेकलाई कसै न कसैको साथ चाहिन्छ,” स्टार्क भन्छन्, “इन्टेन्सनल कम्युनिटी शक्तिवान मानवको त्यो आवश्यकता पुरा गर्न सहयोग गरिरहेको छ ।” फोटो: गुगल सर्च
(टाइम डटकमबाट अनुवाद र सम्पादन गरिएको ।)

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू