अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:०३ | Colorodo: 21:18

चौध सहरमा ओली र दाहालले सम्बोधन गर्ने

बिआरटीनेपाल २०७४ कार्तिक २२ गते २२:१६ मा प्रकाशित

आसन्न मङ्सिर १० र २१ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले संयुक्तरुपमा देशका १४ प्रमुख सहरमा वाम गठबन्धनद्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्नुहुने भएको छ ।

ओलीका प्रेस संयोजक चेतन अधिकारीले दुवै नेताले कात्तिक २९ देखि मङ्सिर ९ गतेसम्म विभिन्न १४ सहरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्नुहुने बताउनुभयो ।

पूर्वदेखि पश्चिममा महत्त्वपूर्ण सहरमा वाम गठबन्धनद्वारा आयोजना हुने चुनावी सभालाई उहाँहरूले सम्बोधन गर्नुहुनेछ ।

उहाँका अनुसार कात्तिक २९ गते गोरखा, कात्तिक ३० गते बागलुङ र स्याङ्जा, मङ्सिर २ गते दमक, ३ गते काँकडभित्ता र विराटनगर, मङ्सिर ५ गते चितवन, मङ्सिर ६ गते बुटवल र दाङ, मङ्सिर ७ गते सुर्खेत र दैलेख, मङ्सिर ८ गते कैलाली र कञ्चनपुर तथा मङ्सिर ९ गते पोखरामा सम्बोधन गर्नुहुनेछ । (रासस)

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू