अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:०७ | Colorodo: 21:22

‘राजा सहितको प्रजातन्त्र’लाई राप्रपाले आफ्नो घोषणापत्रमा राख्दै

बिआरटीनेपाल २०७४ कार्तिक १७ गते २:२२ मा प्रकाशित

राष्ट्रिय प्रजातन्त्र पार्टीले घोषणापत्रमा ‘राजासहितको प्रजातन्त्र’ लाई घोषणापत्रमा समेट्ने भएको छ ।  आगामी मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा जनताको अभिमत संकलनका लागि निर्माण गर्न लागिएको घोषणापत्रमा संवैधानिक राजसंस्थालाई निरन्तरता सहितको परिवर्तनका रुपमा समावेश गरिन लागेको प्रवक्ता भुवन पाठकले जानकारी दिनुभयो ।

पार्टीको निर्माण गर्न लागिएको घोषणापत्रमा राजसंस्थाको आदर्शलाई उल्लेख गरी वैचारिक दृष्टिकोण बनाउन कार्यकर्ताबाट सुझाव आएको छ ।

मुलुकलाई हिन्दू राष्ट्र कायम गर्ने विषयलाई समेत घोषणापत्रमा प्राथमिकतामा राखिएको छ । पार्टीले स्थापनाकालदेखि नै हिन्दू राष्ट्र, संवैधानिक राजसंस्था र एकात्मक राज्य प्रणालीको विषयलाई दीर्घकालीन कार्यदिशा बनाएको थियो ।

संविधान जारी भएपछि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको नेतृत्व गर्दै पार्टीले संघीयता, गणतन्त्र र धर्मनिरपेक्ष सुनिश्चित गरिएको संविधान कार्यान्वयनतर्फ लागेपछि आफ्ना आदर्श परित्याग गरेको भन्दै सोही पार्टीका शीर्ष नेता तथा कार्यकर्ताले पार्टी परित्याग गरेका थिए ।

उत्पादन र वितरण प्रणालीलाई न्यायोचितरुपमा सबै जनताको पहुँचमा पु¥याउन आर्थिक उदारवादको लक्ष्य लिएको छ ।

पिछडिएका क्षेत्र र सीमान्तकृत वर्गलाई राज्यले विशेष संरक्षण गर्नुपर्ने, व्यक्तिगत स्वतन्त्रता तथा सम्पत्तिको हकलाई सम्मान गर्ने विषयलाई प्राथमिकता दिइने छ । (रासस)

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू