अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२५ | Colorodo: 05:40

उज्वेकिस्तानी युवाका कारण अमेरिकाले डाइभरसीटी भिसा (डीभी) संसारभर रद्द गर्दै

बिआरटीनेपाल २०७४ कार्तिक १६ गते १:०४ मा प्रकाशित

अमेरिकाको न्युयोर्क स्थित म्यानहटनमा साइकल यात्री र पैदल यात्रुहरुमाथी जथाभावी पिक अप ट्रक कुदाएर ८ जनाको ज्यान लिएर १२ जना ब्यक्ती घाईते बनाएका २९ बर्षिय युवक सेफुलो साइपोभमाथी अमेरिकाले आतंकवादको अभियोग लगाएको छ । सन् २०१० मा ‘डाइभरसीटी भिसा'(डीभी) प्रणाली मार्फत उज्वेकिस्तानबाट अमेरिका आएका यी युवालाई संघीय अदालतले सर्वसाधारण जनतामाथी ज्यान लिने गरि भएको हमला र विद्रोही समूह इस्लामिक स्टेटलाई सामग्रीहरु उपलब्ध गराएको भन्दै आतंकवादको अभियोग लगाएको हो ।

आक्रमणको योजना दुई महिना अघि नै बनाएको बताइएको अभियोगमा उल्लेखित आक्रमणकारी यी युवाका अनुसार घटना घटाउदाको समय उनले इस्लामिक स्टेटको झण्डा ट्रकमा फहराउन चाहे पनि आफूमाथि अरुको ध्यान केन्द्रित नहोस् भनेर त्यसो नगरेको बताएका छन् । उनि माथीको अनुसन्धानका क्रममा अमेरिकामा रहेका उज्बेकिस्तानकै अर्का व्यक्तिको पनि ठेगाना पत्ता लागेको बताईएको छ।

डिभी चिट्ठा मार्फत आएका यी युवकले घटाएको यस घटनापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिट्ठा मार्फत विशेष अमेरीकी प्रवेशाज्ञा, ग्रीन कार्ड, प्रदान गरिने ‘डाइभरसीटी भिसा’ (डीभी) प्रणाली रद्द गर्न पनि आह्वान गरेका छन्।

युवकले मंगलबार अपरान्ह तीन बजेर पाँच मिनेटमा म्यानहटनको वेष्ट स्ट्रीट र च्याम्बर स्ट्रीटको नजिक साईकल र पैदल यात्रीमाथी अन्धधुन्द पिक अप ट्रक कुदाएर घटना घटाएका थिए । फ्लोरिडाको टेक्पा निवासी उनले घटना घटाईरहँदाको समय अरेबीक भाषामा धार्मिक नारा लगाएको प्रतक्षदर्शीले बताएका छन् ।

घटना हुँदा हुँदै उनलाई रोक्न खोजिएको भएपनि उनलाई नियन्त्ररणमा लिन नसकेपछि प्रहरीले उनिमाथी गोली प्रहार गरी घाईते बनाएर अन्य सर्वसाधारणको ज्यान जोगाएका थिए । अनुसन्धानकर्ताहरुका अनुसार साइपोभले आफूले गरेको हमलाबारे राम्रो महसुस गरेको र मानिसहरु धेरै हुन्छन् भनेर आक्रमणका लागि ह्यालोइनको दिन रोजेको बताएका छन्।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू