अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:५७ | Colorodo: 17:12

मान्छे

राजन अधिकारी २०७४ कार्तिक ६ गते ११:५२ मा प्रकाशित

जन्मदा रूंदै जन्मेको मान्छे
मृत्युमा शान्त देखिन्छ किन
सुखमा मदहोस हुने मान्छे
दु:खमा निराश बन्छ किन

सफलता चुम्न आतुर मान्छे
असफलता बुझ्न चाहन्न किन
जिन्दगीको महासागर तर्ने मान्छे
आंधिबेहरी देखी डराउछ किन

आफ्नो दु:खमा छटपटिने मान्छे
अरूको पिडा बुझ्दैन किन
सु:ख र दुखका सारथी मान्छे
पटक्कै शान्त बस्दैन किन

जन्मदा रित्तै जन्मेको मान्छे
मर्दा रित्तै हो बुझ्दैन किन
जीवनमा गल्ती गर्ने मान्छे
पस्चाताप गर्न जान्दैन किन

चेतनशिल भएर जन्मेको मान्छे
परोपकारी बन्न जान्दैन किन
आरोह अबरोह गरेको मान्छे
प्रेमको सिलता बॉंडदैन किन

प्रतिक्रिया