अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३६ | Colorodo: 00:51

एमालेको संकल्पः खाना पकाउने ग्यासमा ५० प्रतिशत अनुदान

बिआरटीनेपाल २०७४ भदौ २६ गते २०:०७ मा प्रकाशित

राजविराज, २६ भदौ । नेकपा (एमाले)को तर्फबाट राजविराज नगरपालिकाको प्रमुख पदका उम्मेदवार सुखराम यादवले १०१ बुँदे संकल्प पत्र आज सार्वजनिक गर्नुभएको छ ।

राजविराजमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले उक्त संकल्पपत्र सार्वजनिक गर्नुभएको हो । यादवले सार्वजनिक गर्नुभएको संकल्प पत्रमा ६० वर्ष भन्दा माथिका ज्येष्ठ नागरिक तथा अशक्त अपांगलाई घरदैलो मै स्वास्थ्य सेवा पु¥याउनेदेखि शौचालय नभएका सबै घरमा शौचालय निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

नगरपालिकालाई खुला दिशामुक्त घोषणा गर्ने, नगरभित्रको फोहर रातीको समयमा नै उठाउने र त्यसको उचित व्यवस्थापनका लागि ल्याण्डफिल साइटको व्यवस्था गर्ने र संकलित फोहोरको वर्गीकरण (कुहिने र नकुहिने) गरी पुनःउपयोग र जैविक मल उत्पादन गर्ने संकल्प पत्रमा समावेश गरिएको छ ।

प्रत्येक वडामा स्वच्छ पानी, प्रत्येक वडामा पाँच शय्याको सुविधासम्पन्न प्राथमिक स्वास्थ्य सेवा केन्द्रको स्थापना, प्रत्येक नागरिकको स्वास्थ्य बिमा, अस्पताल, औद्योगिक क्षेत्र, सडकहरुको स्तरोन्नति, कृषकलाई लक्षित गरी चिस्यान केन्द्र र बीउ बैङ्कको स्थापना, कृषि सडकहरुको निर्माण र विस्तार, कृषि ऋणको व्यवस्था, कृषकलाई मलखादमा ५० प्रतिशत र गृहिणीहरुलाई खाना पकाउने ग्यासमा प्रतिसिलिण्डरमा ५० प्रतिशत अनुदान दिइने उहाँले बताउनुभयो ।

खाद्यान्न गोदामको स्थापना, नगर क्षेत्रमा वार्षिक एक लाख वृक्षरोपण, सबै वडामा वातावरण क्लबको गठन, वैदेशिक रोजगार सूचना केन्द्रको स्थापना, सुविधासम्पन्न बसपार्कको निर्माण तथा पाँच वर्षभित्र नगरका सबै वडालाई चक्रपथसँग जोड्ने पनि यादवले बताउनुभयो । रासस

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू