अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:१२ | Colorodo: 18:27

महानायक राजेश हमाल राहात बोकेर सर्लाही पुगे

बिआरटीनेपाल २०७४ भदौ १२ गते ३:०० मा प्रकाशित

महानायक राजेश हमाले सर्लाहिका बाढि पिडितलाई राहत बितरण गरेका छन् । सर्लाहीका सकरौल, सिवनगर, बिनगर्राका लगायतका बाढि पिडितले राहात नपाएको खवर सञ्चार माध्यमहरुमा आएपछि महानायक हमाल आईतबार राहत बोकेर ति क्षेत्रहरुमा पुगेका हुन् ।

प्रति परिवार २० किलो चामल, ५ किलो दाल, १ लिटर तेल, चाउचाउ र वृद्धवृद्धालाई ओढ्ने कपडा बितरण गरेका हमालकोको साथमा सामाजिक अभियन्ता नविन यादव र आफ्नो कपाल काट्ने सहयोगी राम ठाकुर उनि संगै सर्लाही पुगेका थिए ।

करिब १ सय ५० घर परिवारलाई राहात वितरण गरेका हमालले पिडितसंग कुराकानी पनि गरेका थिए । बृद्धबृद्धाले आफुहरुले सामाजिक सुरक्षा नपाएको गुनासो गरेका थिए भने हमालले उनिहरुलाई सुरक्षा भत्ताका लागि आफुले पहल गर्ने बताएका थिए भने बालबालिका र युवाहरु हमाललाई आफ्नै घर दैलोमा देख्दा असाध्यै रमाएका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू