अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:१९ | Colorodo: 07:34

भर्जिनियाका नेपालीहरुको साथ र समर्थनले डा.केशव पौडेलको टिम थप उत्साहित

के सी शेर, अष्टिन २०७४ साउन २१ गते ११:३३ मा प्रकाशित

एनआरएन अमेरीकाको आसन्न निर्वाचनको शिलशिलामा प्रचारप्रसारमा व्यस्त डा. केशव पौडेल सहितको टिमले शुक्रबार भर्जिनियामा अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ ।निर्वाचन नजिकिए संगै अमेरीकाका बिभिन्न शहरमा प्रचारप्रसार सम्पन्न गरिसकेको डा. पौडेलको टिमले शुक्रबार भर्जिनिया क्षेत्रका नेपालीहरु संग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा उपस्थित भर्जिनिया क्षेत्रका नेपालीहरुको साथ र समर्थन पछि आफुहरु थप उत्साहित भएको डा. पौडेल टिमले जनाएको छ । बर्तमान अध्यक्ष तथा आगामी अध्यक्षका प्रत्यासी डा. पौडेलको टिमले यसअघि क्यालिफोर्निया, न्युयोर्क, कोलोराडो, मेरिल्याण्ड लगायतका शहरमा छलफल तथा प्रचारप्रसार सम्पन्न गरिसकेको छ ।

शुक्रवार भर्जिनियामा सम्पन्न अन्तरक्रियामा अध्यक्षका प्रत्यासी डा. पौडेल संगै बरिष्ठ उपाध्यक्षका उम्मेद्धार शुनिल शाह, महासचिवका उम्मेद्धार बि आर लामा, उपाध्यक्षका उम्मेद्धार जेदु पोखरेल, आइसीसी सदस्यका उम्मेद्धार डिल्ली भट्टराई, बोर्ड अफ डाइरेक्टरका उम्मेद्धार प्रशुराम भण्डारी लगायतको सहभागीता रहेको थियो ।

सो अवसरमा आगामी अध्यक्षका प्रत्यासी तथा बर्तमान अध्यक्ष डा. पौडेलले आगामी कार्यकालका योजना तथा सहभागी नेपालीहरुको जिज्ञासाको जवाफ दिनुभएको थियो ।

कुनै अवरोध नआए एनआरएन अमेरीकाको निर्वाचन यही ११ र १२ तारिखमा हुदैछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू