अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:२२ | Colorodo: 16:37

अष्टिनमा नेपाली सामुदायिक भवन निर्माणका लागी ६ महिना भित्र जग्गा खरिद गरिने

के सी शेर, अष्टिन २०७४ माघ २८ गते २०:५२ मा प्रकाशित

टेक्ससको अष्टिनमा नेपाली सामुदायिक भवन निर्माणका लागी ६ महिना भित्र जग्गा खरिद गरिने भएको छ ।

अष्टिनमा नेपाली सामुदायिक भवन निर्माणका लागी बनेको २५ सदस्सिय समितिको आइतबार सम्पन्न पहिलो बैठकले आगामी ६ महिना भित्र उपयुक्त ठाउँमा करिब ४ लाख डलर पर्ने जग्गा वा निर्मित संरचना खरिद गर्ने निर्णय गरेको हो । अष्टिनका नेपालीहरूको साझा संस्था ग्रेटर अष्टिन नेपाली सोसाइटीको हालै सम्पन्न वार्षिक साधारण सभा मार्फत बनेको नेपाली सामुदायिक भवन निर्माण समितिको पहिलो बैठकले तोकिएको समयसिमा भित्र जग्गा खरिदका लागी आर्थिक सहयोग गर्न सबैमा अनुरोध गर्ने निर्णय पनि गरेको छ ।

यसैबिच २५ सदस्सिय सामुदायिक भवन निर्माण समितिको कार्यबिभाजन समेत गरिएको छ । समितिको संयोजकमा निर्मल श्रेष्ठलाई चयन गरिएको छ भने सह संयोजकमा कला उप्रेतीलाई चयन गरिएको छ । यस्तै सदस्य सचिवमा देबराज न्यौपानेलाई चयन गरिएको छ भने परियोजना संयोजनको जिम्मा उज्वल राजभण्डारी र प्रबिन बस्नेतलाई दिइएको छ ।

यस्तै समितिको सदस्यहरूमा हेम पाठक, डा. कमल अधिकारी, राजेन्द्र भट्टराई, चन्द्रसेखर यादव, गेहेन्द्र केसी, हेमेन्द्र श्रेष्ठ, प्रेम कुमार श्रेष्ठ, प्रदुम्न श्रेष्ठ, भोजराज भट्ट, सुदिप दाहाल, विदुर खतिवडा, डिवी रोक्का, देवी दाहाल, पदम ठकुराठी, दीपक हुमागाई, प्रेम पाण्डे, डा. नवीन दाहाल, राज मरासिनी, सुरेन्द्र भट्टराई र पुष्कर प्रधान रहनुभएको छ ।

आइतबार सम्पन्न पहिलो बैठकमा समितिका सदस्यहरूले निर्धारित समयमै उपयुक्त स्थानको छनौट गरी जग्गा खरिद कार्य सक्ने प्रतिबद्धता समेत जनाएको समितिका सदस्य सचिव तथा ग्रेटर अष्टिन नेपालीब सोसाइटीका अध्यक्ष देबराज न्यौपानेले जानकारी दिनुभयो ।

नेपालीहरूको बाक्लो बस्ती रहेका अमेरिकाका अन्य सहरहरूमा नेपाली सामुदायिक भवन तथा मन्दिरहरू निर्माण भइरहेका बेला अष्टिनवासी अग्रज नेपालीहरू समेत सामुदायिक भवन निर्माणमा अग्रसर भएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू