अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:२५ | Colorodo: 17:40

बाढीपहिरो पीडितका लागी अमेरिकामा संकलित सबै रकम एनआरएन मार्फत पठाउन पहल

के सी शेर, अष्टिन २०७४ साउन २९ गते १८:३४ मा प्रकाशित

अमेरिका – भारी वर्षाका कारण नेपालमा परेको प्राकृतिक विपद्का बेला पीडितका लागी अमेरिकामा संकलित राहत रकम एकमुष्ठ गैर आवासीय नेपाली सङ्घ एनआरएन मार्फत पठाउन पहल गरिएको छ ।

एनआरएन अमेरिकाका अध्यक्ष डा. केशव पौडेलले आइतबार एक विज्ञप्ति जारी गर्दै अमेरिका भर विभिन्न संस्था तथा व्यक्तिगत रूपमा सङ्कलन गरिएको रकम एकमुष्ठ एनआरएन मार्फत पठाउंदा प्रभावकारी हुने भएकोले सबै सँग संकलित रकम एनआरएन मार्फत पठाउने पहल भइरहेको बताउनुभएको छ ।

डा. पौडेलको विज्ञप्तिमा भनिएको छ राहत सङ्कलनका लागी न्यु योर्क स्थित अफिसमा एक अस्थायी कर्मचारी राखेर राहत सङ्कलन कार्य जारी छ त्यहाँ पुगेर नगद वा चेक दिन पनि सकिने छ ।

एनआरएन अमेरिकाको बाढी पहिरो पीडित कोष अमेरिकाका सम्पूर्ण नेपालीहरूको साझा कोष बनाएर संकलीत सबै रकम एकमुष्ठ र पारदर्शी रूपमा पठाउन सबै सङ्घ संस्था र व्यक्तिहरू सँग सहकार्यको पहल भइरकेको पनि बताइएको छ ।

नेपालका बाढी पहिरो पीडितका लागी अमेरिकामा हाल दर्जनौं नेपाली संघसंस्था तथा व्यक्तिगत रूपमा विभिन्न माध्यमबाट राहत रकम सङ्कलन तीव्र पारिएको छ ।

सहयोग गर्न यो लिंकमा जानुहोस

https://nrnnccusa.org/donation-appeal/

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू