अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४१ | Colorodo: 22:56

रुकुमेलीको आयोजनामा अमेरिका टेक्ससको अष्टिनमा बनभोजको आयोजना

सबै नेपाली सहभागी हुन सक्ने

के सी शेर, अष्टिन २०७४ मंसिर २६ गते २:१२ मा प्रकाशित

अमेरिकामा रहेका रुकुमेलीहरुको आयोजनामा टेक्ससको अष्टिनमा यही डिसेम्बर २१ तारिख बिहीबारका दिन भव्य बनभोज कार्यक्रमको आयोजना गरिएको छ । अष्टिनस्थित Emma Long Metropolitan Park मा आयोजना गरिन लागेको बनभोजमा आयोजक रुकुमेलीहरु भए पनि सबै नेपालीहरू सहभागी हुन सक्ने बताइएको छ ।

अमेरिका र त्यसमा पनि टेक्सस राज्यमा रुकुमेलीहरुको सङ्ख्या बढ्दै गर्दा एक आपसमा सहयोग आदानप्रदान तथा परिचय गर्न सँगै अष्टिनमा बस्ने नेपालको अन्य भेगका नेपालीहरू सँग रुकुमेलीको सम्बन्ध बढाउन बनभोज कार्यक्रमको आयोजना गर्न लागिएको हो ।

अमेरिकामा रहेका रुकुमेलीहरुको आयोजनामा पहिलो पटक अष्टिनमा आयोजना हुन लागेको बनभोज कार्यक्रममा रुकुमेलीसँगै अष्टिनमा बस्ने नेपालीहरूलाई सहभागिताको लागी आग्रह गरिएको बनभोज तयारी समितिका संयोजक मोहन के सीले जानकारी दिनुभयो ।

बनभोजमा रुकुमेली परम्परागत नृत्य समेत प्रस्तुत गरिने छ । बनभोज कार्यक्रममा गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) अमेरिकाका पदाधिकारी सँगै स्थानीय नेपाली सङ्घ संस्थाका पदाधिकारीहरू पनि सहभागी हुने भएका छन् ।

डिसेम्बर २१ तारिख दिउँसो १२ बजेदेखि सुरु हुने बनभोज बेलुका ६ बजेसम्म चल्नेछ । रुकुमेली परम्परागत सिंगारु, टप्पा, लहरे नाच बनभोजका मुख्य आकर्षण हुनेछन् भने रुकुमेली साथीभाई आफन्त सँगै सबै नेपालीहरूको भेटघाटलाई कार्यक्रमले प्राथमिकता दिएको छ ।

अष्टिनको रमणिय र विशाल (Emma Long Metropolitan Park 1600 City Park Rd, Austin, TX 78730) पार्कको अवलोकन तथा मनोरञ्जनात्मक कार्यक्रम हुने बनभोजमा खानाका विभिन्न परिकार पनि हुनेछन जसका लागी कार्यक्रममा सहभागी हुन २० डलरमा टिकट पाइने आयोजकले जनाएको छ ।

बनभोजलाई भव्य र ऐतिहासिक बनाउन तयारी तीव्र पारिएको तथा सबैको सहभागिता र साथको अपेक्षा गरेको आयोजकको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू