अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:३७ | Colorodo: 07:52

एनआरएन अमेरीकाको बोर्ड अफ डाइरेक्टरमा दिव्या केसी वलीको उम्मेद्धारी 

के सी शेर, अष्टिन २०७४ भदौ १६ गते ६:०९ मा प्रकाशित

गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरीकाको आसन्न निर्वाचनका लागी टेक्सासको अष्टिनबाट दिव्या के सी वली बोर्ड अफ डाइरेक्टरमा उम्मेद्धार हुनुहन्छ । वर्तमान कार्यकाल एनआरएन अमेरीकाको टेक्सास च्याप्टर महिला बिभाग संयोजक रहेकी दिव्याले आगामी कार्यकालका लागी बार्ड अफ डाइरेक्टरमा उम्मेद्वारी दिनुभएको हो ।

अमेरीकी नेपाली माझ परिचित दिव्याले सबैको साथ र सहयोगको अपेक्षा सहित आफु बोर्ड अफ डाइरेक्टरको उम्मेद्धार भएको बताउनुभएको छ । गैर आवासीय नेपाली संघ एनआरएन को आसन्न निर्वाचनमा २०१७/ २०१९ को लागी मैले बोर्ड अफ डाइरेक्टरमा उम्मेद्धारी दिएको छु र म निरन्तर बिभिन्न संघ संस्थामा सक्रिय रहेको तथा हालको एनआरएन अमेरीका टेक्सास च्याप्टरको महिला संयोजक भएको नाताले धेरै साथीहरु र शुभेच्छुहरुबाट संस्थामा निरन्तरता दिन आग्रह पछि बोर्ड अफ डाइरेक्टरमा उम्मेद्धारी दिएको हुं दिव्याले भन्नुभयो- “सबैको साथ सल्लाह र हौसलाले अझै मलाई वल प्रदान गरेको छ । ” नेपालमा रहंदा बिभिन्न संचारमाध्यममा आवद्ध भएर काम गरेको अनुभव संगालेकी दिव्याले महिलाहरुलाई अगाडी बढाउन तथा समस्यामा परेका प्रवासी हुन या स्वदेशी महिलाहरुका लागी केही न केही कदम चाल्ने अठोट सहित बोर्ड अफ डाइरेक्टरमा उम्मेद्धारी दिएको बताउनुभयो ।

एनआरएन लगायत सामाजिक कार्यक्रमहरुमा सक्रिय दिव्याले आगामी कार्यकालका लागी बोर्ड अफ डाइरेक्टरमा बिजयी बनाउन सबै एनआरएन अमेरीकाका सदस्यहरुमा अपिल समेत गर्नुभएको छ । सबैले साथ दिन्छौं र सहयोग गर्छौं भएको छ दिव्याले भन्नुभयो -“बोर्ड अफ डाइरेक्टरमा मेरो जित -निश्चित जस्तै छ ।” एनआरएन अमेरीकाको निर्वाचन यही ५ र ६ तारिखमा हुदैछ ।

प्रतिक्रिया