अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२७ | Colorodo: 03:42

चैनपुर ताक्लाकोट सडक खण्ड तिब्र निर्माणका लागि एक टोली तिब्बत तर्फ जादैं

बिआरटीनेपाल २०७४ साउन १४ गते ६:४९ मा प्रकाशित

सुदूरपश्चिमको समबृद्धिको रुपमा हेरिएको सुदूरपश्चिम समृद्धिमार्ग (खुटिया–दिपायल–चैनपुर– उरैं ताक्लाकोट) सडकखण्डको पूर्ण बस्तुस्थिती अध्ययन गर्न एक टोलि चाडैं तिब्बत तर्फ जाने भएको छ । बझागं जिल्लाका सांसद, स्थानिय पर्यटन अभियन्ता, पत्रकार र ईञ्जिनियर सहितको टोली बाटोको बस्तुस्थिती अबलोकन गर्दै तिब्बत तर्फ जाने भएको हो ।

राजधानीमा आज नेपाल पर्बतारोहण संघ, साईपाल हिमाल शाखाले आयोजना गरेको सुदूरपश्चिम क्षेत्रका पर्यटकीय स्थलहरुको बृतचित्र प्रदर्शनी तथा सुदूरपश्चिम समृद्धिमार्ग कार्यान्वयनका चुनौतिहरु बिषयक कार्यक्रममा बझांग जिल्लाका सांसद अफिलाल ओखेडाले चाडै उक्त मार्गको बस्तुस्थिती अध्ययन गर्न आफुहरु जान लागेको जानकारी दिए ।

कार्यक्रममा बोल्दै नाट्टा सुदूरपश्चिम क्षेत्रिय संघका अध्यक्ष मायाप्रकाश भट्टले उत्तर र दक्षिणका नाका खोलेर धनगढी बिमानस्थललाई अन्तराष्टिय बिमानस्थल नबनाएसम्म सुदूरपश्चिमको पर्यटन मात्र होईन अन्य आर्थिक गतिबिधी पनि चलायमान हुन नसक्ने बताए । त्यसैगरी पर्यटन अभियन्ता रमन श्रेष्ठले राज्यले सदूरपश्चिमको पर्यटन ब्यवसायलाई अगाडि बढाउनमा नीतिगत तहमा लचिलो प्रणाली अपनाउनु पर्ने बताए ।

कार्यक्रममा पर्यटन अभियन्ता तथा नेपाल पर्बतारोहण संघ, साईपाल हिमाल शाखाका सचिव किशोर खड्काले सुदूरपश्चिमको पर्यटन बिकासमा स्थानीय बासिन्दा लगायत जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसद, राजनीतिकर्मि पनि सचेत हुनु पर्ने बताए । सुदूरपश्चिमका ९ वटै जिल्लामा तत्काल हवाई सेवाको सुरुवात गराउने पहल कदमी गर्न सांसद तथा पूर्ब उपप्रधानमन्त्री भिम रावल समक्ष अनुरोध गरे ।

सुदूरपश्चिम समृद्धिमार्गलाई कार्यान्वयनमा ल्याउन आफु पार्टि र ब्यक्तिगत तवरबाट लागिपर्ने पूर्ब उपप्रधानमन्त्री भिम रावलले बताए । उनले आफु त्यस क्षेत्रको पर्यटनको हकमा सचेत रहेको र त्यहाँको पर्यटन बिकासका लागि लागिपर्ने प्रतिवद्धता जनाए ।

दबाब समुह घोषणा

कार्यक्रममा सुदूरपश्चिम समृद्धिमार्गको तिब्रता र निरन्तरताका लागि पर्यटन अभियन्ता किशोर खड्काको संयोजकत्वमा दबाब समुह गठन गरिएको छ । एनएमए, साईपालका अध्यक्ष कटक बहादुर कठायतले १०१ जना सदस्य रहने गरी पर्यटन अभियन्ता रमनचन्द्र श्रेष्ठलाई दबाब समुहको उप संयोजक बनाईएको जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू