अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४१ | Colorodo: 18:56

राजिनामा दिनुहोस् प्रधानमन्त्री शेरबहादुर देउवा ज्यू

निशा अर्याल २०७४ असार २१ गते १२:१३ मा प्रकाशित

” त्यत्रो साम र दाम , भेद , भयको आतङ्क सिर्जीकन ,
सत्तासीन भयौ अरे सानो कुरा मान्दिन ।
नौ महिना नभई तुहाउन गई पाखा लगायौ खेतमा ,
फ्याक्दा मालिकले भनेर अहिले सोच्ने गर भन्छु म “

 

कनकधाराको कविता मेरो मानस पटलमा सल्बलायो र यहाँ प्रस्तुत गर्न उपतुक्त लाग्यो |

साझा सवालका कुरा र शेबहादुर देउवा फेस बुकको भित्ता भरि जतातेतै एउटा हास्यास्पदको विषय भयो |

एउटा मामुली नगरपालिका देखि देशको राजनीतिक पदहरूमा भएका मानिसमा अक्सर भ्रष्टाचारको छीटा पर्दै आएको छ यो काँग्रेस शासन एउटा उदाहरण हो । लामो समयसम्म शासन गर्ने गिरिजा प्रसाद कोइराला यस्का दृष्टान्त हुन र एनएसीको विमान लौंडा काण्ड प्रकरण यसको उदाहरण | झनै शेरबहादुर देउवाको समयमा त भ्रष्टाचारमा पराकाष्टा नै भयो । सुरा सुन्दरी सांसद लुकाउने , सांसदलाई बैंकक सम्म पुर्‍याउने , सांसद ख़रीद बिक्रीको कुरा चर्मोत्कर्षमा पुग्यो ।

डा० बाबूराम भट्टराईको ४० बुँदे माग यिनै प्रधानमन्त्री भएको बेलामा भएको थियो तर माग पुरा नभएकोले माओवादी जन्मियो । दसौँ हजार देशका युवायुवतीको ज्यान गयो । कयौ सुरक्षा कर्मीहरुले बलिदान दिनु पर्‍यो | राष्ट्रले धेरै क्षतिपूर्ति वेहर्नु पर्‍यो झन् यिनै देउवाले माओवादी नेताको टाउकोको दाम किटान गरे । प्रचण्डको टाउकोको मोल राखे ५० लाख ।

राजनीतिको कस्तो घिनलाग्दो खेल र कति सम्मका निर्लल नेता हुँदा रैछन ?आज उनै प्रचण्डलाई बैशाखी बनाएर सत्तासीन भएका र अवसरवादिताको पराकाष्टा भएको छ ।

भ्रष्टाचारको आहालमा रहेका शेरबहादुरले आईजीपी नियुक्तिमा अति धिनलाग्दो काम गरे । प्रधान न्यायाधीश शुसिला कार्कीलाई महाअभियोग लगाउने कुरूप काम पनि भयो । त्यसैले त राजा ज्ञानेन्द्रले असक्षम भनेर प्रधान मन्त्रीको पदबाट बर्खास्त गरे । यस्तो शब्दको प्रयोग कुनै वहालवाला प्रधान मन्त्रीका लागि भएको छैन । यति मात्र कहाँ हो र । प्रजातन्त्रलाई राजदरवार पुर्याए अनि जसको दोष नै थिएन उसलाई मौकाको फाइदा उठाउदै राजा ज्ञानेनेन्द्रको टाउको मा सम्पूर्ण दोष थुपारे जब कि उनको केही दोष देख्ददैन । यदि दोष भएको भए राजा ज्ञानेन्द्र आफ्ना सम्पूर्ण परिवार सहित एस आरामको जीवन विदेशमा विताउथे जसरी देशका नेता भ्रष्ट्राचार लुकाउन पलायन हुने गर्दछन् विदेश र आफ्नो कर्तुत लुकाउन ग्रिन कार्ड सहित विदेशको यात्रामा सहयोग गर्दछन् या उनको हत्या नै गरी दिने खेल रच्द्छ्न दुष्ट विदेशीका गुलाम भएका नेताहरू किन कि ज्ञानेन्द्र सरकारलाई दोष दिए तर आज सबै जनताको माझ उनी हायहाय भएका छन् जयजयकारको नाराले गुन्जिएका छ्न | खै त आज सम्म कुनै नेताको जयजयकार ? अहिले केपी शर्मा ओली जो जनताको अगाडी शिर ठाडो पारेर आएका छन् देशको विकाशका योजनाहरू लिएर उनलाई खिल्ली बनाएर जनताको सामु उभ्याउँन प्रत्येत्न त गरे तर नाकम हुन्दैछ्न किन कि केपी ओली विदेशीको गुलाम बनेन्न |

वास्तवमा हेर्ने हो भने नेपालको वास्तविक मुद्दा सामाजिक विषमताको प्रवृति देह संवेदन शून्यतामा हुनु,अन्याय र कुरीति ,जकडिएको मालकिना प्रवृति र मेरूदण्डहीन हजुरीवाला मानसिक प्रदूषणको कारणबाट आजको अमानुषिक र शक्तिशाली समाज अनगिन्ती कुरूप र घिन लाग्दो कुकर्मको दुर्गन्ध भएको छ सुन्दर, शान्त, प्राकृतिक सम्पदाको धनी नेपाललाई विश्व भरि गरिब देशको नामले चिनाउन यस्ता नेता प्रधानमन्त्री देशका जनताले कसरि स्वीकार गर्ने ? राष्ट्रको जिम्मेवारी काधमा लिई देश र जनताको हितमा कार्य गर्ने सपत लिने प्रधानमन्त्रीको बोल्ने लज्जास्पद घिनलाग्दो जनताबीचको प्रस्तुतिले देशलाई दुषित गर्ने प्रयेत्न गरेको छ यसको सिकार हामी मात्र नभई अब आउने भावी पुख़्ताले पनि भोग्नु पर्ने देखिन्छ |

अहिले मिडियामा साझा सवालको प्रकरण छ भन्ने कुरा किन ख्याल गर्न सकेनन् ? र प्रधानमन्त्री विदुषकको रूपमा प्रकट भएकै कारण प्रत्येक उनको उत्तरमा प्रश्न कर्ता र श्रोता सबै हास्दछन । हामी विदेशमा बसेकालाई राष्ट्रका प्रधानमन्त्री जस्तो पदमा रहेका व्यक्ति जनता बिचमा प्रस्तुत यस्तो आचरणले गर्दा लाज मात्र होइन घिन पनि लागि रहेछ जसरि एउटा मल्मुत्रमा,र्‍याल सिंगानमा पोतिएको व्यक्तिलाई देख्दा मानिसले थुक्दछ्न, मुख छोप्दछ्न र धिकार रहेछ यसको जीवन भन्ने गर्दछन् | त्यस्तै सोच्न बाध्य गरायौ देउवा सरकार हामीलाई | धिक्कार छ तिम्रो राजनीतिलाई |

तपाईँ महत्त्वपूर्ण पद प्रतिष्ठाका नेता देशको ठुलो ज़िम्मेवारी बोकेको व्यक्ति को कर्तुत साझा सवालमा देखापरेको व्यवहार जंगली मत्ताहात्ती जस्तो किन?