अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:१९ | Colorodo: 18:34

पाल्पाका गाँउ-गाँउमा कांग्रेसको घरदैलो कार्यक्रम

बिआरटीनेपाल २०७४ असार २ गते ५:०९ मा प्रकाशित

पाल्पाको बगनासकाली गाउँपालिकाको वाड न १ दर्लममा नेपाली कांग्रेसले घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । बगनासकाली गाउँ पालिकाका अध्यक्ष पदका उमेदवार कृष्णप्रसाद बस्यालको नेतृत्वमा घरदैलो कार्यक्रम सम्पन भएको हो ।

यसै गरी पाल्पाकै माथागडी गाउँपालिका को वाड न १ चिदिपानीमा पनि नेपाली कांग्रेसले घरदैलो कार्यक्रम सप्पन्न गरेको छ । घरदैलो कार्यक्रम सम्पन्न भएपछि कोणसभामा बोल्दै सो गाँउ पालिकाका अध्यक्ष उम्मेदवार सन्तोष थापा मगरले नेपाली कांग्रेसकै नेतृत्वमा देशले शान्ति र संविधान प्राप्त गरेकोले अब विकासको नेतृत्व गर्ने अभिभारा पनि कांग्रेसले नै पूरा गर्ने बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति वीरबहादुर रानाल मतदाताहरु नेपाली कांग्रेसलाई मतदान गर्न आतुर भएकोले यो चरणको चुनावमा नेपाली कांग्रेस पहिलो बन्ने र पाल्पाका अधिकांश स्थानीय तहमा कांग्रेसको जीत सुनिश्चित भएको बताएका थिए ।

नेपाली कांग्रेसका माथागडी वडा न १ का सभापती रामेश्वर पन्थीको सभापतित्वमा भएको सो कार्यक्रममा महासमिति सदस्य हिमालदत्त श्रेष्ठ, महिला सघ पाल्पाकि अध्यक्ष गङ्गा पौडेल माथागढी गाउँपालिकाका अध्यक्ष पद्का उमेदवार सन्तोष थापा लगाएतको उपस्थिति रहेको थियो । वक्ताहरुले नेपाली कांग्रेसले नै देश र जनताको वास्तविक हित गर्ने बताउदै कांग्रेसलाई मतदान गर्न अनुरोध गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू