अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:४९ | Colorodo: 18:04

खवरदार वंगला सरकार

निशा अर्याल २०७४ असार १ गते १२:३७ मा प्रकाशित

कट्ट्रर बंगला समर्थक सरकारले चाहे जे सुकै भनुन तर भारतमा आफ्नै राष्ट्र भाषा छैन । भारतीय सरकारको षड्यन्त्र पूर्ण राजनीतिको खेल गोर्खालीलाई आफ्नो गुलाम बनाउन र नेपाली नेपालीमा लडाउने यो घिनलाग्दो खेल नेपाली भाषाको दमन गर्ने यो दुस्साहस प्रयास पश्चिम बंगाललाइ मोहरा बनाई अति उत्साहीहरूमा यस्तो लड़ाइ भडकाउनमा दुर्भाग्यपूर्ण प्रबृति छ तर उनीहरू हार्ने छन् ।

भारतीय सरकारको मिलोमतो मा वंगला सरकारले रचेको यो षड्यन्त्रमा उनीहरूको हार निश्चित छ |

सम्पूर्ण गोर्खाली नेपालीहरूको आत्मा हो नेपाली मातृभाषा यो भाषामाथिको कदाचित् स्वीकार छैन र यो प्रयासमा वंगला सरकारहरू कदापि विजयी हुन सक्दैनन ।

भारतको विभिन्न ठाउँमा बसोबास गर्ने १ करोड़ नेपाली मूलको भारतीयहरूले बोल्ने ,लेख्ने भाषा हो नेपाली । पश्चिम बंगालको सरकारले भलै बंगलालाई बंगालको आत्मा भनोस तर कुनै पनि नेपालीले बंगलालाई आत्माको आवाज़ मान्दैन । उसको आत्माको आवाज़ भनेको आफ्नो मातृभाषा नेपाली हो । बंगलालाई विशेषाधिकार दिने पश्चिम बंगाल सरकारको नयाँ अनिवार्यता कार्यकुशलताको विरुद्ध उभिएको छ ।

नेपाली भाषा भारतका १ करोड़ २५ लाख नेपालीले बोल्ने भाषा हो । सिक्किम , दार्जिलिंग उत्तर पूर्वीय राज्य अरूणान्चल , मेघालय , र उत्तराखण्ड , हिमान्चल प्रदेशका प्रशस्त नेपाली मानिसको मातृ भाषा नेपाली हो । यस्का अतिरिक्त बर्मा , भुटान र तिव्वतमा पनि नेपाली बोल्नेहरूको सङ्ख्या अत्यधिक छ । तर भारत सरकार र पश्चिम बंगालको सरकार भाषाको साम्राज्य क़ायम गर्न चाहन्छ नेपाली भाषी क्षेत्रमा । यसैको श्रृँखलामा दार्जिलिंग मा बंगला भाषा थोपर्ने दुष्कर्म गरिदै छ । यस्तो दमन चक्र रोकिएन भने यसको परिणाम भयावह हुनेछ चेतना होस् ।

गोर्खा ल्याणड जमिनको होइन नेपाली भाषीको पहिचानको लडाई हो । पृथक् राज्यबाट त्यस क्षेत्रको विकास हुन्छ । वर्ष २०००मा , उत्तर प्रदेशबाट पृथक् गरेर अलग राज्य बन्यो उत्तरा खण्ड । वर्ष २००० मा, विहारबाट पृथक् गरेर पृथक् राज्य बन्यो झारखण्ड । वर्ष २०१४ मा आन्ध्रबाट पृथक् भएर अलग राज्य भयो तेलंगाना भने पश्चिम बंगालबाट पृथक् भएर किन बन्दैन गोर्खालैणड ? गोर्खालीहरुले दिएको संरक्षणले भारत टिकेको छ त्यैपनि गोर्खाल्याणडसंग किन चिढ़ भारत सरकार र पश्चिम बंगाल सरकारलाई किन?

गोर्खा र गोर्खालीहरूको भाषा माथिको दमन चक्र बन्द गर । अहिले पश्चिम बंगाल सरकारले गोर्खाहरू माथि दमन गर्दा खुचिंग मनाउनेहरू सावधान होऔ। पश्चिम बंगाल सरकारले नेपाली भाषा र नेपाली नेपाली माथि गरेको दुखद र अशोभनीय कायरतापूर्ण व्यवहार तुरन्त बन्द गरी स्वतन्त्रतापूर्क भाषाको प्रयोग गर्न पाउने हुन निर्णय गर । सम्पूर्ण गोर्खाली हाम्रा मुटु हुन नेपालीलाई लडाई आपसमा खुसी मनाउने भारतीय सरकार र वंगला सरकार गोर्खालीको खुन तताउने र लडाउने काम बन्द गर हैन भने दुर्गतिको सामना गर्न तयार हौ किन कि गोर्खाली जहाँ भए पनि उनीहरू नेपाल आमाका सन्तान हुन एक अवश्य हुनेछन र तिमीहरूको यो क्रुरता पूर्ण महिला माथि गरेको अत्याचारको भर्सना गर्न लडाई मैदानमा उत्रिने छन् |

तिमीहरूले गरेको यो अत्याचार विरुद्ध हामी इजरायलमा कर्म भूमि बनाई बसेका सम्पूर्ण नेपाली दार्जिलिंग र त्यसको ओरपरबाट भएको प्रतिकार विरोध कार्यक्रममा हाम्रो पनि पूर्णसमर्थन छ । हामी इजरायलमा बसेका सम्पूर्ण नेपालीहरू यसको घोर भर्त्सना गर्दछौँ। भाषा माथिको घिनलाग्दो हस्तक्ष्ँेप ,दमन बन्द गर | गोर्खाल्याण्ड गोर्खालीलाई फर्काइ दे |