अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:०६ | Colorodo: 02:21

कोलोराडोको शुभकामना साँझमा प्रेमराजा महत, नारायण त्रिपाठी र नरेन्द्र प्यासी (फोटो फिचर)

नातिबाबु भट्ट, कोलोराडो २०७४ वैशाख ३ गते १८:४४ मा प्रकाशित

नातिबाबु भट्ट, कोलोराडो, अमेरिका

कोलोराडो निवासी नेपालीहरूले वरिष्ठ गायक प्रेमराजा महत, गायक नरेन्द्र प्यासी तथा हास्य कलाकार नारायण त्रीपाठीको उपस्थितिमा एक भव्य शुभकामना साँझ कार्यक्रमको आयोजना गरी नयाँ वर्ष २०७४ को शुभकामाना आदान प्रदान गरेका छन् । नेपालीहरूको साझा संस्था रकि माउन्टेन फ्रेन्डस् अफ नेपालले आयोजना गरेको शुभकामना साँझमा सहभागी भई उनीहरूले एक आपसमा शुभकामना आदान प्रदान गरेका हुन् । कार्यक्रममा कोलोराडोमा बसोबास गर्ने नेपालीहरूको उपस्थिति रहेको थियो । 

ब्रुमफिल स्थित लिगेसीहाई स्कुलमा शनिवार साँझ सम्पन्न भएको कार्यक्रममा, सहभागी कतिपय नेपालीहरू दौरा सुरुवाल, ढाकाको टोपी, गुन्यू चोलो लगाएर आएका थिए भने, केही आफ्नो जातीय भेष भूषा झल्कने पहिरहन लगाएर आएका थिए । कार्यक्रम आयोजना स्थलमा बालक हुन वा वृद्ध, युवा हुन वा युवती सबै आ आफ्ना दौतरीका साथ शुभकामाना साटासाट गरिरहेका थिए । कोही हात मिलाएर त कोही अगालो मारेर, कोही नमस्ते गरेर त कोही टाउको निहुराएर, उमेर र अवस्था अनुसार नयाँ वर्षको शुभकामाना साटासाट गर्ने प्रक्रिया निरन्तर चलिरहेको देखिन्थ्यो । 

नेपाल र अमेरिकाको राष्ट्रियगान गाएर सुरु गरिएको कार्यक्रमका विशेष अथिती प्रेमराजा महतले पानसमा बत्ती बालेर उद्धाटन गरेका थिए भने महासचिव विनोद त्रीपाठीले उपस्थित सबैलाई स्वागत गरेका थिए । स्थानीय कलाकारले लोक, आधुनिक, देश भक्ति लगायतका गीतमा कलाकार भाइ बहिनीहरूले कम्बर मर्काई मर्काई नेपाली शैलीमा नाचेको हेरिरहदा आफूलाई नेपाली घर आगनमै भएको महसुस हुन्थ्यो । 

कार्यक्रममा गायक प्रेमराजा महतले उनका चर्चित गीत पानको पात, सिमसिमे पानीमा लगायतका गीत गाएर दर्शकलाई नचाएका थिए । त्यस्तै नरेन्द्र प्यासीले केभुल भयोर प्रिया, तिमीले दिने माया जस्ता गीत गाएका थिए भने, नारायण त्रीपाठीले विभिन्न नेताहरू तथा चर्चित व्यक्तिहरूको बोलीको क्यारि केचर गर्दै नयाँ वर्षको शुभकामना दिएर तथा दर्पणछाया २ कि नायिका साहारा कार्कीले सोही फिल्मको गीतमा सुन्दर नाच प्रस्तुत गरेर श्रोता तथा दर्शकको मन जित्न सफल भएकी थिइन । 

समारोहमा आयोजक संस्थाका महासचिव विनोद त्रीपाठी र कार्यक्रममा उपस्थित विभिन्न सङ्घ संस्थाका पदाधिकारीहरुले विशेष अतिथि प्रेमराजा महत, नरेन्द्र प्यासी, नारायण त्रीपाठी साहारा कार्की लगायत स्थानीय कलाकार र संस्थालाई सहयोग पुर्‍याउने सबैलाई खादा पहिर्याएर सम्मान गरेका थिए । 

आयोजक कोलोराडोमा गठीत नेपालीहरूको पहिले संस्था रकि माउन्टेन फ्रेन्डस् अफ नेपालको आजै साधारण सभा तथा हालै निर्वाचित नयाँ पदाधिकारीहरुलाई कार्यभार हस्तान्तरण कार्यक्रम समेत रहेको थियो । कार्यक्रममा निर्वाचन समितिका संयोजक भुषणलाल श्रेष्ठले कार्यसमितिका सबै पदहरुमा एक एक जनाको मात्र उमेद्धारी परेकोले सबै पदाधिकारीहरू निर्बिरोध निर्वाचित भएको घोषणा गर्दै प्रमाण पत्र प्रदान गरेका थिए । 

यसरी निर्वाचित हुनेहरुमा अध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्ष, पब्लिक रिलेसन अफिसर, टेक्निकल अफिसरमा क्रमशः विनोद त्रीपाठी, मणी बस्नेत, सुर्यमणी अधिकारी, उमेश श्रेष्ठ, मनीष थापा रहेका छन् । त्यस्तै महिला प्रतिनिधिमा शान्ति ढकाल भुषाल, स्टुडेण्ट प्रतिनिधि विनोद गुरुङ र अन्य प्रतिनिधीहरुमा चन्द्रकुमार राई, दिपकबहादुर सुनुवार, रामगोपाल श्रेष्ठ, संम्भु शर्मा रहेका छन् । 

त्यसै गरी आजै कोलोराडोमा नयाँ वर्षको अवसर पारेर बोल्डर स्थित सी–यु मा अध्यनरत नेपाली छात्र छात्राहरुको सङ्गठन नेप्लीज स्टुडेन्ट एसोसिएसनको आयोजनामा नेपाल नाईको कार्यक्रम सम्पन्न भएको छ ।

प्रतिक्रिया