अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३३ | Colorodo: 02:48

आज र भोली १५ जिल्लाका बालबालिकालाई पोलियो थोपा खुवाईँदै

बिआरटीनेपाल २०७३ फागुन २० गते २१:१६ मा प्रकाशित

स्वास्थ्यकर्मीको आन्दोलनका कारण पोलियो थोपा खुवाउन छुटेका १५ जिल्लाका बालबालिकालाई आज र भोली पोलियो थोपा खुवाउँदै छ । आन्दोलनका कारण स्थगित रहेका काठमाडौ उपत्यकाका तीनवटै जिल्ला सहित बाँके, बर्दिया, कैलाली, कपिलवस्तु, बारा, पर्सा, रौतहट, सिरहा, धनुषा, महोत्तरी, सप्तरी र सुनसरी गरी १५ जिल्लाका ५ वर्ष मुनिका बालबालिकालाई शनिबार र आइतबार पोलियो थोपा पोलियो थोपा खुवाउन लागिएको हो ।

शनिबार र आईतबार पोलीयो थोपा खुवाउन लागिएका यी जिल्लाहरुमा आन्दोलनरत स्वास्थ्यकर्मीले कुनै अवरोध पुर्याएमा हदैसम्मको कारवाही हुने वाल स्वास्थ्य महाशाखाले जनाएको छ । बालबालिकाको स्वास्थयमा पर्न जाने असरलाई ध्यानमा राखेर सरकारले यस अघि नै आन्दोलनरत स्वास्थ्यकर्मीलाई पोलियो थोपा खुवाउने काममा अवरोध नगर्न आग्रह गरिसकेको छ भने कुनै अवरोध हुन सक्ने आशंकामा ति स्थानहरुमा सुरक्षाकर्मी समेत परिचालन गरिएको

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू