अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३९ | Colorodo: 04:54

सांस्कृतिक संस्थानले देवकोटाद्धारा रचित मुनामदन गीतिनाटक हङकङमा प्रस्तुत गर्दै

बिआरटीनेपाल २०७३ पुष ६ गते ५:३३ मा प्रकाशित

सांस्कृतिक संस्थानले महाकवी लक्ष्मीप्रसाद देवकोटाद्धारा रचित मुनामदन गीतिनाटक हङकङमा प्रस्तुत गर्ने भएको छ । संस्थानले यहि पौष १० र १२ गते अर्थात २०१६ डिसेम्बर २५ र २७ तारिखका दिन हङकङमा गीतिनाटक मुनामदन प्रस्तुत गर्ने भएको हो ।

देवकोटाद्धारा रचित लोकप्रिय गीतिनाटक मुनामदन कोकिल गुरुङको निर्देशनमा संस्थानले २०३२\३३ सालतिर तयार पारेको हो । तत्कालिन समयमा सवैभन्दा धेरैपटक मञ्चन गरिएको यस नाटकमा स्वरसम्राट नारायण गोपाल, तारादेवी, कमला श्रेष्ठ, माणिकरत्न तुलाधर, नविनकिशोर राई, गणेश रसिक, कमल क्षेत्री, ईन्द्र नारायण श्रेष्ठ तथा भुवन चन्द लगायतको स्वर रहेको मुना मदन गितीनाटकका गीतहरु रेकर्डिङ्ग श्याम तामाङ्ले संस्थानमै लाइभ रेकर्ड गरेका हुन् भने नाटकको संगीत वरिष्ठ संगीतकार नेपाल कलाभुषण चन्द्रराज शर्माले गरेका हुन् ।unnamed-9

संस्थानले यसअघि धेरैपटक मञ्चन गरिसकेको यो नाटक पहिलो पटक हङकङमा प्रदर्शन हुन लागिरहेको छ । कलाकार टोलीको नेतृत्व संस्थानका संचालक समितिका अध्यक्ष श्री उद्योग राईले गर्ने छन् भने नाटकको व्यवस्थापन, संयोजन तथा निर्देशन वरिष्ठ नाटक प्रवन्धक श्री प्रभाकरदेव शर्माले गरेका छन् ।

गीतिनाटक मुनामदनको लागि हङकङ जानेहरुमा संस्थानमा कार्यरत कलाकारहरु शारदादेवी सिलवाल, रमेश के.सी., मनोज जोशी, अञ्जु रञ्जीतकार, सीता कार्की, केशवराज राई, माया थापा, सवनम सिलवाल, श्रीहरी फुँयाल र रेशम बहादुर पुन रहेका छन् ।unnamed-10

नाटकको व्यवस्थापन गर्नको निम्ती वरिष्ठ नाटक प्रवन्धक प्रभाकरदेव शर्मा र रमेश के.सी. पौष ७ गते नै हङकङ जाने छन् भने बाँकी टोलीका कलाकारहरु संस्थानका अध्यक्ष उद्योग राईको नेतृत्वमा पौष ९ गते जानेछन् ।

हङकङमा मुनामदन प्रस्तुत गर्नुका साथै संस्थानका कलाकारहरुले पौष ११ गते हङकङ गुरुङ समाजद्धारा आयोजना गरीएको सांस्कृतिक कार्यक्रममा समेत मौलिक लोक संस्कृतीमा आधारीत कार्यक्रम प्रस्तुत गर्नेछन् । कार्यक्रमको आयोजना हङकङ एकिकृत नेपाली समाज लिमिटेडले गर्न लागेको छ भने हवाई उडानमा विशेष सहयोगी नेपाल वायुसेवा निगम रहेको छ ।

 

मुनामदन गितीनाटक हङ्गकङ्गमा प्रस्तुत गर्नको लागि सहयोग पुर्याएका आयोजकहरुका लागि तयार पारिएको  प्रशंसा–पत्र

 

           प्रशंसा–पत्र

 

सांस्कृतिक संस्थानद्वारा प्रस्तुत नेपाली रङ्गमञ्चको ईतिहासमा सवैभन्दा धेरै पटक मञ्चन हुन सफल महाकवी लक्ष्मी प्रसाद देवकोटाद्वारा रचित, स्वरसम्राट नारायण गोपाल तथा तारा देवीद्वारा स्वरवद्घ र नेपाल कला भुषण चन्द्रराज शर्माद्वारा सङ्गीतवद्घ गीति नाटक मुना मदन हङ्गकङ्गमा बसोवास गर्ने नेपाली श्रोता दर्शकमाझ प्रस्तुत गर्न आयोजकका रूपमा महत्वपूर्ण भूमिका निर्वाहा गर्नु भएकोमा तपाई श्री …………………………………………….. प्रति हार्दीक आभार प्रकट गर्दै उत्तरोत्तर प्रगतिको कामना सहीत यो प्रंशसा–पत्र प्रदान गरीएको छ ।

आगामी दिनहरूमा नेपाली कला र संस्कृतीको उत्थान, प्रचार प्रसार र विकासमा यहाँवाट अझै उल्लेखनीय भूमिका निर्वाहा हुने विश्वास ब्यक्त गर्दछौं
राजेश थापा                                                                                                                                                                               उधोग राई
महाप्रवन्धक                                                                                                                                                                                अध्यक्ष

 

गीति नाटक मुनामदन फर्केर हेर्दा :
लेखक – रचनाकार: महाकवि लक्ष्मी प्रसाद देवकोटा
निर्देशन: कोकिल गुरुङ
कार्यक्रम प्रमुख:गोविन्द प्रसाद तिमल्सेना
संगीत:नेपाल कला भुषण चन्द्रराज शर्मा
भेषभुषा: कमला
श्रृङगार: कृष्ण रत्न कंशाकार
मञ्च सज्जा: निल बाबु महर्जन र लाल बाबु महर्जन
गीत रेकर्डिस्ट:वसन्त पण्डीत रायमाझी, शिव प्रसाद ढुंगाना, श्याम मानन्धर, जगत बहादुर महर्जन
रेकर्डिङ अवधि: लगभग ६ महिना (वि. सं. २०३२ साल)
फर्मेट:स्पुल रेकर्डिङ
पार्श्व स्वर: स्वर सम्राट नारायण गोपाल, तारा देवी, माणिक रत्न तुलाधर, कमला श्रेष्ठ, ईन्द्र नारायण मानन्धर, नविन किशोर राई, गणेश रसिक, कमल क्षेत्री र भुवन चन्द ।

वाद्यवादन -ताल वादन तर्फ:धृजलाल कुलु, न्हुछेमान डंगोल, प्रेमदेव गिरी
सारंगी तर्फ: लाल बहादुर गन्धर्व, राम शरण नपाली
बाँसुरी तर्फ: विश्व नाथ कार्की ढली
अन्य:कृष्ण बहादुर परियार, पुर्ण प्रसाद मानन्धर, मदन परियार, श्याम परियार, गणेश परियार, शुभ बहादुर सुनाम, कमल कृष्ण, मन श्याम, राज कपुर (गितार)………बागदास

कलाकारहरु:
मदन:कोकिल गुरुङ
मुना: विमला श्रेष्ठ
आमा: कृष्ण प्रधान
दिदी: शुभद्रा अधिकारी
नैनी: बसुन्धरा भुषाल
मदनका साथीहरुमा: बेद गुरुङ, टेकराज भारती, गोपाल बस्नेत, अशोक चालिसे, दिल बहादुर श्रेष्ठ, भरतराज शर्मा
भोटे: श्याम प्रजापति
भोटेको छोराछोरीमा:सुदेश शर्मा र शान्ता शर्मा
वैद्य: प्रेमदेव गिरी
रोचक तथ्य

-१०० दिन, २५ हप्ता हुदै लगातार ५२ हप्ता सम्म प्रदर्शन गरी सबै भन्दा धेरै पटक प्रदर्शन भएको रेकर्ड कायम
-टिकट दर: रु २, ५ र १०
-मुनामदन उपत्यका बाहिर २०३३ सालमा पहिलो पटक नवलपरासी, पाल्पा ,बुटवल र पोखरामा प्रदर्शन
-नाटकको अवलोकन पछि खुशी भई मुमा बडा महारानीले नगद रु १००० बक्सिस प्रदान ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू