अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०३ | Colorodo: 03:18

शब्दयात्रा महिला प्रतिभा सम्मानबाट कलाकार लक्ष्मी गिरी सम्मानित

बिआरटीनेपाल २०७३ मंसिर २२ गते ७:१८ मा प्रकाशित

शब्दयात्रा प्रकाशनले २०७३ सालको शब्दयात्रा महिला प्रतिभा सम्मानबाट चलचित्र अभिनेत्री लक्ष्मी गिरीलाई सम्मान गरेको छ । नेपाल चलचित्र कलाकार सङ्घको सभाकक्षमा आयोजित विशेष समारोहमा प्रमुख अतिथि वरिष्ठ गायक तथा सङ्गीतकार हिरण्य भोजपुरेले अभिवन्दनापत्र र वरिष्ठ गायिका उर्मिला श्रेष्ठले किरीट लगाइदिएर उहाँलाई सम्मान गर्नुभएको हो ।

सम्मानका क्रममा द्रोणप्रसाद श्रेष्ठले नगद ५ हजार रुपियाँ, हरि मञ्जुश्रीले माला तथा पत्रकारद्वय रामचन्द्र हुमागाईं र हरिगोपाल प्रधान तथा लेखकद्वय सकुल थापा र शारदाप्रसाद शर्माले उहाँलाई उपहारहरू प्रदान गर्नुभएको थियो ।

हरि मञ्जुश्रीले शब्दयात्रा प्रकाशन र लक्ष्मी गिरीका बारेमा जानकारी गराउनुभएको उक्त कार्यक्रममा सम्मानित व्यक्तित्व लक्ष्मी गिरीले नेपाल सरकारले कला क्षेत्रमा दृष्टि पु¥याउन नसकेको अवस्थामा पनि शब्दयात्रा प्रकाशनले आफूलाई गरेको यो सम्मानले समग्र कलाकारिता क्षेत्रलाई सम्मान गरेको बताउनुभयो ।

शब्दयात्रा प्रकाशनद्वारा संस्थापित महिला प्रतिभा सम्मानको आर्थिक व्यवस्थापन लेखक तथा पूर्व प्रशासक द्रोणप्रसाद श्रेष्ठले गर्नुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू