अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:२२ | Colorodo: 18:37

मतदाता शिक्षा दिन नाटक ‘महादान’ लिएर निर्वाचन क्षेत्र सडकमा कलाकार

बिआरटीनेपाल २०७४ मंसिर ४ गते ५:४८ मा प्रकाशित

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सन्दर्भमा निर्वाचन अयोगद्धारा सञ्चालन गरिने मतदाता शिक्षा कार्यक्रम अन्तर्गत सडक नाटक सञ्चलनमा ल्याइएको छ।सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर)को संयोजकत्व र आरोहण गुरुकुलको सहकार्यमा तयार गरिएका ३८ नाटक टोली मध्य पहिलो चरणका लागि २० टोली मतदान शिक्षा कार्यक्रम अन्तर्गत चेतनामुलक नाटक लिएर सडकमा उत्रिएका हुन् ।

निर्वाचन आयोगद्धारा मतदाता शिक्षा कार्यक्रम अन्तर्गत आगामी १० मँसिरमा आयोजना हुने पहिलो चरणको निर्वाचनका लागि सञ्चालन गरिएको नाटक ‘महादान’ मञ्चनका लागि अहिले २० नाटक टोली सडकमा छन् ।

प्रत्येक टोलीबाट १० देखि १३ जनासम्म कलाकारका दरले दुई यस ५० स्थानीय तहका नाट्य कलाकारहरु २७ कात्तिक देखि नै गाउँ शहरमा सडक नाटक महादान मञ्चनमा व्यस्त छन् ।

कलाकारहरुले यो एक सातामा एक सय भन्दा बढी स्थानमा नाटक मञ्चन गरिसकेको छन् । उनीहरु फरक फरक स्थानमा फरक फरक कथायुक्त महादान शिर्षकको नाटक मञ्चनमा व्यस्त छन् ।

यसै क्रममा ४ मँसिरमा पूर्वी नेपालको पाँचथर देखि सुदुर पश्चिम नेपालसम्म कलाकारले नाटक गरेका छन् । प्रदेश १ को हाम्रो थिएटर पाँचथरले आईताबार पाँचथरको फिदिम नगरपालिका, फिदिम बजारमा नाटक महादान मञ्चन ग¥यो । यस्तै सोमबार सोही समुहले पाँचथरको हिलिहाङ गाउँपालिका स्थित गोपेटार बजारमा नाटक मञ्चन गरेको छ । फिदिममा करिब ३ सय र गोपेटारमा करिब दुई सय दर्शकको सहभागिता रहेको टोली सँयोजक प्रेम ओझाले बताए ।

प्रदेश १ कै भोजपुर स्थित अरुण गाउँपालिकाको काउँली, पौवा मौठु गाउँपालिकाको तिवारी भँज्याङ र भोजपुर नगरपालिकाको भोजपुर बजारमा सोमबार आरोहण गुरुकुलका कलाकारले निर्वाचन शिक्षा सम्बन्धि नाटक महादान प्रदर्शन गरे । मञ्चनका क्रममा दर्शकले उत्साहजनक उपस्थिति जनाएको टोली निर्देशक भैरव क्षत्रीले जानकारी गराए ।

प्रदेश ३ को दोलखामा सांस्कृतिक संस्थान राष्ट्रिय नाचघरकको टोलीले सोमबार तीन ठाउँमा नाटक मञ्चन गरे । आफुहरुले जिरी नगरपालिकाको लिङ्कन बजार, बैलेश्वर गाउँपालिकाको मैनापोखरी र तामाकोशी पाउँपालिकाको नालुखोलामा नाटक मञ्चन गरेको टोली प्रमुख आकाश थापाले जानकारी दिए । सबै ठाउँमा तीन सय भन्दा बढी दर्शक उपस्थिति भएको उनले भने । प्रदेश ३ कै रामेछापमा सांस्कृतिक संस्थान राष्ट्रिय नाचघरको दोस्रो टोलीले सोमबार दुई ठाउँमा नाटक मञ्चन ग¥यो । टोली प्रमुख रमेश केसी मट्टारेका अनुसार रामेछापको खाडादेबी गाउँपालिकाको माकादुक गाउँ र सुनपति गाउँपालिकाको सादीडाँडामा महादान मञ्चन गरिएको हो । सो स्थानमा करिब चार सय दर्शक रहेको उनले बताए ।

प्रदेश ३ को सिन्धुपालचोक स्थित हेलम्बु गाउँपालिकाको ग्यालथुम बजार, पाँचपोखरी थाङपाल गाउँपालिकाको पिपिने बजार र मेलम्ची नगरपालिकाको मेलम्ची बजारमा सोमबार स्थानीय आवाज आर्ट क्रियसनले नाटक मञ्चन गरेको निर्देशक कृष्ण प्रसाद धितालले जानकारी गराए ।

प्रदेश ३ को रसुवाको उत्तरगया गाउँपालिका बेत्रावती, कालिका गाउँपालिकाको कालिकास्थान, नौकुण्डा नगरपालिकाको जिरेबजार, नुवाकोटको सूर्यगढी गाउँपालिकाको फलाँटे बजारमा सोमबार सप्तक कला प्रतिष्ठानले नाटक महादान मञ्चन गरेको निर्देशक दामोदर खतिवडाले जानकारी गराए । त्यहाँ पनि दर्शकको उत्साहजनक उपस्थिति रहेको उनले सुनाए ।

यस्तै प्रदेश ४ कै गोरखाको पालुङटार नगरपालिका, खोप्लाङ स्थित सातदोबाटो र खाडीपोखरी गरी दुई ठाउँमा नाटक महादा मञ्चन भएको रँगकला समुहका निर्देशक रामबाबु रेग्मीले बताए । उनका अनुसार नाटकबाट मनोरञ्जन लिदै निर्बाचन शिक्षामा दर्शकले चासो देखाएका थिए ।

यस्तै प्रदेश ४ कै लमजुङ स्थित मध्यनेपाल नगरपालिकाको भोर्लेटार र सुन्दरा बजार नगरपालिकाको सुन्दरा बजारमा स्थानीय हिमाली रंगमञ्चले सोमबार निर्वाचन सम्बन्धि सडक नाटक महादान मञ्चन गरेको निर्देशक हरि अधिकारीले जानकारी गराए ।

यस्तै प्रदेश ५ रोल्पाको खवाङ गाउँपालिका, टुटुबजार र रोल्पा नगरपालिकाको लेवाङमा सारदाकुमार नाट्य सँस्थाले सोमबार नाटक ‘महादान’ मञ्चन गर्दैै स्थानीयमा निर्वाचन शिक्षा प्रदान गरेको निर्देशक नरेन्द्र कुमारले जानकारी दिए ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू