अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४० | Colorodo: 03:55

श्रद्धान्जलीका लागि ४ बजेसम्म पेरिसडाँडामा राखेर ‘प्रचण्ड’पुत्र प्रकाशको साँझ आर्यघाटमा अन्त्यष्टी गरिदैं

बिआरटीनेपाल २०७४ मंसिर ३ गते २:३२ मा प्रकाशित

आज बिहान निधन भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालका छोरा प्रकाश दाहालको आज साँझ अन्त्यष्टी गरिने भएको छ ।अन्तिम श्रद्धान्जलीका लागि माओवादी केन्द्रको कार्यालय पेरिसडाँडामा दिउँसो ४ बजे सम्म राखिने प्रकाश दाहालको आज साँझ पशुपति आर्यघाटमा अन्त्यष्टी गरिने भएको हो ।

अचानक हृदयघात भएपछि आज (आईतबार) बिहान पाँच बजे नर्भिक अस्पताल पुर्याईएका प्रकाश दाहाललाई अस्पताल पुर्याईएको केहि घण्टापछि अस्पतालले मृत घोषित गरेको थियो ।

छोराको निधन भएको खवर पुगेपछि आइतबार मोरङको विराटचोकमा हुने वाम गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रमका लागि झापामा रहेका माओवादी अध्यक्ष प्रचण्ड झापाबाट फर्केका थिए भने चितवनबाट दाहालकी दिदी रेणु र परिवारका अन्य सदस्यहरु पनि काठमाडौं आएका छन् ।

माओवादी युद्धकालमामा समेत सामेल रहेका प्रकाश हाल पिता प्रचण्डको सचिवालयमा काम गर्दै आएका थिए । प्रकाशका दुई श्रीमती र दुई छोरा छन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू