मैले चिनेको अध्यक्ष घलेदम्पती कसरी तानाशाही बनेर आउन सक्छन् – राजेन्द्र भट्ट

राजेन्द्र भट्ट

यदि घलेदम्पती पद र शक्तिको लोभ गर्ने भए महाभुकम्प गएको बेला विश्वभरिबाछ गरिएको सहयोग रकम करिब चालिस करोड प्रधानमन्त्री राहत कोषमा दिएर शक्ति केन्द्रको नजिक हुन्थे र अष्टेलियबाट विज्ञप्ति निकाल्थे वा प्रधानमन्त्रीसँग बढेमानको चेक हस्तान्तरण गरेको फोटो न्युजमा पठाउथे ।

नाकाबन्दीमा अति आवश्यक औषधी कार्गो गर्थे । कित काठमाण्डौमा औषधी दिएको फोटो न्युजमा पठाउथे । त्यस्तै बाढी पीडितलाई राहत दिन सरकारसँग झगडा गर्नुको साटो बडेमानको चेक दिएर न्युज मिडियामा हिरो हुन्थे । उनले जे गरे पनि मिडियामा चर्चित हुन्थे अनि शक्ति केन्द्र मख्ख पर्थे । नेताहरू पैसा पाए जेपनि गर्थे तर तेसो गरेन्न हिरो हुनलाई । एनआरएनएमा कब्जा गर्ने नियत भएको भए उनी ? कसैको दया, माया वा चाकडी भनु धनले हिरो भएका होइनन उनी कामले हिरो भएका हुन । कति उनको स्वभाव बोल्दै नबोल्ने मलाई पनि मन पर्दैन । तर मलाई मन पर्दैन भन्दैमा कसैको राम्रो कामलाई छोप्न सकिन्छ र ? त्यो त सूर्यलाई हत्केलाले छोप्न खाज्ने मुर्खता भएन । यदि मैले घले दम्पतीलाई जानेको, बुझेको आधारमा लेख्ने होे भने म एउटा महाकाव्य नै लेख्न सक्छु । तर मसगं महाकाव्य लेख्न पैसा छैन । 

एउटा एनआरएनको बारेमा ४५० पेजको किताब लेखी रहेको छु । यही अक्टोबरको विश्व सम्मेलनमा विमोचन गर्ने उद्देश्यले त्यो पनि एनआरएन साथीहरूको आर्थिक सहयोगमा । यदि मैले मौका पाए कसैले मलाई सहयोग गरे । सायद घले दम्पतिको लागी यो अहिले सम्म पाएको उपहार मध्येको उत्कृष्ट उपहार हुने छ यो मेरो आत्मविश्वास हो । एक वर्ष मिहेनत गरेर घले दम्पतीको मैले गरेको अनुभवको महाँकाव्य नै लेख्थे । जति कुनै पद वा लोभमा नबसी उनीसगं काम गर्न मौका पाएको सायद म मात्र हुँ जस्तो लाग्छ । म एउटा साक्षी छु । घलेदम्पतिको एनआरएनएमा आबद्ध भए पछिको । 

रोजगारीमा जाने नेपालीहरूको तथ्यगत हिसाबलाई हेर्ने हो भने करिब दुई सय वर्षको इतिहासमा ६०/७० लाख भन्दा बढी नेपालीहरू विदेश गएका छन् । कोही शिक्षा कोही रोजगारी कोही अन्य विषयमा । हरेक व्यक्ति देश छोडेर प्रवासीनुको अर्थ एउटै हो उसले प्राप्त गर्न नसकेको सफलता या उसका पुरा हुन नसकेका सपनाहरू नै पुरा गर्नु अन्यथा कसैलाई आफूलाई जन्माउने आमा र आफू जन्मेको धर्तीलाई छोडेर जाने रहर हुँदैन । ती लाखौँ लाख नेपालीहरू कति सफल भए कति असफल यसको यकीन तथ्याङक नभए पनि गैर आवासीय नेपाली सघंको गठन संगसगै सफल नेपालीहरूको परिचय पनि खुल्दै आएको छ । यही परिचय मध्येको एउटा दम्पतिको परिचय हो अध्यक्ष डा. शेष घले र जमुना गुरुङ्ग । हर कोही नेपालीहरू प्रवासीनु पूर्व कल्पना गर्छन् सफल हुने तर सबै सफल हुन सक्दैनन । सफल हुन कठोर मिहेनत, तपश्या या त्याग समर्पणको जरुरत पर्दछ । अन्यथा शेष घले दम्पती जस्ता लाखौँलाख दम्पतीहरु प्रवासमा हुने थिए ।

आफ्नै बल आफ्नै विवेक आफ्नै मिहेनत र आफ्नै बुद्धिले सफल भएका अध्यक्ष घले दम्पती । एनआरएनएको अध्यक्ष हुनु पूर्व उनको बारेमा सुनेका मात्र थिए त्यो पनि सीमित व्यक्तिहरूले । जब उनी अध्यक्ष भए उनको खुबी उनको लगन र उनको मिहेनत उनको त्यागलाई सारा नेपालीले मात्र होइन नेपाल बाहिर बस्ने नेपालीले पनि र अन्तराष्ट्रियरुपमा पनि उनलाई चिने । उनको दक्षतालाई सबैले बुझे । उनी त्यति कै सफल भएका होइन रहेछन् । कठोर मिहेनत र कठोर परिश्रम अनि लगनले नै सफल भएका हुन भन्ने बारेमा । हाल उनी गैर आवासीय नेपाली सघंको दोस्रो कार्यकालका अन्तिम चरणमा छन् । उनको कार्यकालमा सुरु भएका परियोजनाहरुलाई पनि अन्तिम चरणमा पु–याउदै छन् घले दम्पती आफै लागेर । आफूले नदेखे सम्म आफूले नगरे सम्म आफूले नभोगे सम्म त्यसको विश्वास नगर्ने घले दम्पती हरेक परियोजनामा आफै खटछन आर्थिकरुपमा पनि सामाजिकरुपमा पनि अनि भौतिकरुपमा पनि । उनको कार्यकालमा र्निमाण सुरु भएको गैर आवासीय नेपाली सघंको स्थापना देखिनको सपना काठमाण्डौमा आफ्नै एउटा हेडक्वाटर करिब करिब सम्पन्नताको तयारीमा छ । यसै अक्टोबर महिनामा हुने विश्व सम्मेलनमा यसको उद्घाटन पनि हुने छ र हाम्रो कार्यलय पनि सर्ने छ ।

त्यसै गरी उनकै कार्यकालमा गएको महाभुकम्पको त्यस्तो कठिन परिस्थितिमा पनि भूकम्प जाने बितिकै काठमाडौँ आए । जब कि नेपालको धर्ती भूकम्पले थरथर काँपी रहेको थियो । त्यस्तो जोखिमपुर्ण अवस्थामा पनि सम्पूर्ण गैर आवासीय नेपालीहरूलाई एक जुट बनाइ सैयौ गैर आवासीय नेपालीहरूलाई प्रत्यक्ष राहत सामाग्री वितरणमा सक्रिय गराए त्यो पनि आफ्नै नेतृत्वमा । उनले भुुकम्प पिडितहरुलाई राहत बाढी रहदा जमिन थरथर काँपि रहेको थियो । भूकम्पका धक्काहरुले मानिस त्रसित भई रहेका थिए । आफ्नै सफलताले विश्वको जुन सुकै सुख सुविधा पनि किन्न सक्ने घलेदम्पतीलाई त्यो सुख सुविधा भन्दा पनि महत्वपृर्ण कुरो ती भूकम्प पिडितहरुलाई भूकम्पले छेतबिछेत बनाएको ठाउँमा पुगी राहत वितरण गर्नु नै मुख्य रह्यो । न ज्यानको माया रह्यो न आफूले कमाएका धनसम्पतिको नै उनलाई ख्याल रह्यो ।

त्यसै गरी उनले एक हजार भूकम्प पिडितहरुलाई घर बनाउने योजनाका लागी कति प्रयास गरे कति मिहेनत गरे र कति दुखका बाब्ुजुत बल्ल बल्ल लाप्राक प्राप्त गरे । त्यो लाप्राकलाई सफल गराउन उनी २५ पटक भन्दा बढी लाप्राक पुगी सकेका छन् भने लाखौँलाख एनआरएनहरुले फोटोमा मात्रै हेरेर चित्त बुझाइ रहेका छन् । सीमित थोरै एनआरएनहरु उनलाई सघाउन त्यँहा पुगे र त्यो पनि करिब करिब सम्पन्नताको नजिक छ । मौसम र विकटता नभई दिएको भए सायद यो अक्टोबर सम्म त्यो पनि सम्पन्न भएर गाँउलेहरुलाई हस्तानतरण भई सक्ने थियो । तर पैसा, बल, बुद्धि र मिहेनतले मात्रै नहुने मौसम र विकटता ठुलो समस्या परेकाले सायद यो अक्टोबरमा सम्पूर्ण कार्य सम्पन्न भने हुन नसक्ला ।

दोस्रो र्कायकालको अन्तिम चरणको यात्रा गरी रहदा पटक पटक भूकम्प, बाढी पीडित जस्तै यस पटक पनि बाढीले तराईलाइ दुख दियो । तराईमा बाढीले ध्वस्त पारे लगतै उनी अष्टेलियाबाट काठमाडौँ आए र आफ्ना सहयोगीहरुलाई पनि काठमाडौँ बोलाए र राहत सामाग्रीहरूको लागी पहिलो योगदान गरे एक करोड रुपैयाँ र त्यस पछि अर्को दाश्रोमा रहे भवन भट्ट यो राहत सामाग्रीको लागी आर्थिक सहयोग गर्ने । उपाध्यक्षद्वय भवन भट्ट देखिन कुमार पन्त, अमेरिकाज् संयोजक सोनाम लामा, अमेरिकाज् सह–संयोजक ए सी शेर्पा, आईसीसी सल्लाहकार त्रीलोक गुरुङ्ग, मध्यपुुर्व एसिया सह–संयोजक धर्मराज गिरी, आईसीसी सदस्य जमुना गुरुङ्ग, भोमा लिम्बु, जयप्रकाश गुरुङ्ग लगायत एनआरएन रोसनी राना, श्याम तामाङ्ग, अभिमन्यु बस्नेत, मिङमार तामाङ्ग, महा–सचिव बद्री केसी, महिला संयोजक सपिला राजभण्डारी, काठमाडौँ आई पुगे राहत वितरणको लागी ।

राजेन्द्र भट्ट

सप्तरीमा हामीले राहत वितरण गर्ने अनुमति पायौ । नेपाल सरकारको एकद्वार प्रणालीले गर्दा हाम्रो राहत वितरण करिब करिब ८÷१० दिन ढिला नै भयो । नेपाल सरकारले हामीलाई अनुमति दिएको भोलि पल्टै एकद्वार प्रणाली नै खारेज गरी दियो । त्यस पछि केही राहत वितरण गर्नेहरुलाई सहज भयो । तर हामीले सरकारबाट सप्तरी जिल्लामा करिब पाँच हजारलाइ राहत बाड्ने अनुमति पाइ सकेका थियौ । त्यसैको तयारी गरी हामी राहत बाडन सप्तरी पुग्यौ । सप्तरीमा बाढीले दुख दिएको त्यो ठाउँ, छेतबिछेत घरहरू, ४२/४५ डिग्रीको तापक्रममा पनि करिब ५ दिन अध्यक्ष घलेदम्पती बिहान देखि मध्य रात सम्म खटेर राहत वितरण गरे । यसले यो बुझिन्छ आफैले नगरीकन विश्वास नगर्ने अह्याएको भरमा मात्रै चित्त नबुझाउने स्वभावका घलेदम्पतीलाई अहिले चुनावको नजिक नजिक आउँदा केही गैर आवासीय नेपालीहरूले आईसीसी सदस्य जमुना गुरुङ्गलाई अध्यक्ष बनाउन र उनलाई उष्काउनका लागी प्रयास गरी रहेका छन् । जब कि उनी अध्यक्ष बन्नका लागी कहिले तयार भइन्न । उनले कहिले अध्यक्ष बन्ने आकाङ्क्षा पनि राखिन्न । घलेदम्पतीलाई एउटै मात्र छ चिन्ता काम सम्पन्न हुनु पर्छ । संस्थाले स्थाइत्व पाउन पर्छ । संस्थाले एउटा योजना बनाएर अगाडी बढनु पर्छ ताकी आफू रहे पनि नरहे पनि निरन्तर रहिरहोस् र दाश्रो, तेस्रो , चौथो पुस्ताले पनि यो माध्यमबाट नेपालको विकासमा सहभागी हुन पाओस् । अध्यक्ष घलेलाइ नै न पटक पटक अध्यक्ष हुने रहर थियो ।

उनी दोस्रो पटक बाध्यताले गर्दा अध्यक्ष बने परियोजनाहरू सम्पन्न गर्नका लागी र यो उनको अन्तिम कार्यकाल हो अब उनलाई विधानले पनि अध्यक्ष हुन दिदैन । र जमुना गुरुङ्गलाई अध्यक्ष बनाउने सोच उहाँहरुमा देखिन्न थियो । तर उहाँहरूको नामलाई प्रयोग गरेर आगामी उम्मेदवारको समाचार छापी व्यक्तिगत लाभ उठाउने र घलेदम्पतीको नजिकको पात्र बन्न कोसिस गर्ने विरहरुले अहिले गैर आवासीय नेपालीहरूलाई अन्यौल बनाई रहेका छन् । हामीले अध्यक्ष घले अध्यक्ष हुनु पूर्व देखिन आजको मिति सम्म सहकार्य गरी रहदा न उनलाई कुनै लोभको लालच छ न उनलाई त्यो पदको नै कुनै मोह छ । उनलाई त केवल काम चाहिन्छ । काम सम्पन्न गर्नु छ । सारा प्रवासी नेपालीहरूको साझा बनिरहेको एउटै मात्र साझा सङ्गठनलाई जसरी भए पनि आत्मनिर्भर बनाउनु छ । ताकि हर कोही त्यसको अध्यक्ष भएर कार्य सञ्चालन गर्न सकोस् । एउटा विधि विधानको नियममा लानु छ । उनको चाहना र उद्देश्य यति मात्र हो । तर उनको नामलाई प्रयोग गरेर उनको श्रीमती अध्यक्ष बनाउने प्रपञ्च मच्नेहरुले यो कति बुझेका छन् या कति बुझेका छैनन् ।

तर गैर आवासीय नेपालीहरूलाई अन्यौल बनाउन ठुलो भूमिका खेलेको छ । अब गैर आवासीय नेपालीहरूले पनि बुझ्ने बेला भयो यदि अध्यक्ष घले पदका लोभी हुँदा हुन यति धेरै कठोर मिहेनत आफै पुगेर किन गर्दथिए र । उनी त अध्यक्ष हुन अथाह सम्पति पनि छ सक्ष्मता पनि छ, बुद्धिविवेक पनि छ अह्राएरै आफू त्यो पदको आन्नद लिन सक्थे । तर होइन चाहे भूकम्पले थरथर कापी रहेको भूकम्प ग्रस्त ठाउँ राहत वितरण गर्न किन नहोस, चाहे नाकाबन्दीमा नेपालले औषधी नपाएर भोग्नु परेको पिडामा तराई देखिन पहाड सम्म प्रत्यक्ष पुगी औषधी पु–याउन जाँदाको होस् । चाहे लाप्राकमा बनिरहेको एक हजार घर लागी पहिलो दिन देखि आजको मिति सम्म सबैभन्दा बढी समय त्यँहा बिताउने भएरै होस । आफै ईट्टा बनाउछन, आफै जग खन्न पुग्छन । त्यस्तो चिसो त्यस्तो कठिनमा पनि कहिले नाई नास्ति गर्दैनन । अरूले अल्छी गरे पनि उनी आफै पुग्छन । त्यति मात्र होइन बाढीले ध्वस्त बनाएको तराई पुगी प्रत्यक्ष राहत बाडनेमा पनि उनको यो लगन हेर्न सकिन्छ । के उनलाई पदको मोह थियो ? यदि पदकै मोह भए उनी प्रधानमन्त्री, मन्त्री, नेताहरू सँग लुटपुटिएर आफ्नो बन्द व्यवसाय वा आफ्नो फाइदाका लागी प्रयोग गर्थे होलान् । उनले कहिले गरेनन् । यसको जोलन्त उदाहरण हो उनले काठमाण्डौमा बनाइरहेको शेराटन होटेल । यदि उनले आफ्नो पदको सदुपयोग गरेको भए सायद त्यो पनि सम्पन्न भई सकथ्यो होला ।

उनी यस्ता व्यक्ति हुन जो आफ्नो पदको कदैप दुरुपयोग मात्र होइन त्यो पदबाट उनी आनन्द पनि लिन चाहदैन्न । मलाई अझै सम्झना छ ती घटनाहरूको रात भरी सास फेर्न नसकेर रात त्यसै बितेको दिनको म साक्षी छु । तरपनि फर्कन मानेनन घले दम्पती । हेलीकप्टर जान नसकेर सडकबाट जाँदा गाडी चिप्लेको ,पहिरो खसेको घटना मैले नमस्ते युरोपमा देखाइ सकेको छु । यती लगाव छ कामको नपुग्दो के छ र यती जोखिम लिएर पनि गर्नै पर्नै त केही छैननी । तरपनि गर्दछन् यस्तो स्वभावका घले दम्पती यस्तो अवस्थामा पनि गैर आवासीय नेपालीहरूलाई अन्यौल बनाउन आईसीसी सदस्य जमुना गुरुङ्गको नाम प्रस्तुत गरेर अन्यौल बनाइ रहेका छन् ।

कसरी तानाशाही बनेर आउन सक्छन् ?

Published on September 8, 2017 at 5:19 pm

Loading...

यसमा तपाइको मत