नेपाली चलचित्रमा नेपालीपन – भरत शाक्य

बिआरटि नेपाल सम्बाददाता

निक्कै अगाडिको प्रसँग हो; इमेज च्यानलमा डोरेमिफा कार्यक्रम संचालन गर्ने क्रममा नेपाली चलचित्रमा मौलिकता भनेको नेपालीपन हुनु हो । अभिनयमा नेपालीपन हुनु पर्छ भन्ने कुरामा जोड दिएर बोलेको थिए। कार्यक्रमको समाप्ति पछि केही समयमा नै फोन आयो बरिष्ठ चलचित्रकर्मी तथा निर्देशक प्रकाश थापाको । उहाले कराउनु भयो फोनमा नै – तिमीहरू जे पायो त्यही बोल्छौ; अभिनय भन्ने पनि नेपाली, अनेपाली अथवा अमेरीकी वा भारतीय भन्ने हुन्छ? मलाई त लाग्छ अभिनय सबै तिर एउटै हुन्छ।

त्यसो होइन, नेपाली अभिनय अवश्य हुन्छ। अभिवादन सबैले गर्लान तर नेपालीले नमस्कार गर्दा नेपाली न्याने पना र नजीकको भावना जति महसुस हुन्छ, हात मिलाउदा त्यति हुन्न। सबै जना रोलान, रूदा आशु आउछ सबैको तर रूदा आउने आवाज र शारीरिक चाल नेपालीको र अरूको फरक हुन्छ। नेपालीको भाव फरक हुन्छ। हरेक जातिको सत्कार, सभ्यता र भावनाले अभिब्यक्त गर्ने शारीरिक कृया र अभिब्यक्ति फरक हुन्छ। त्यही नै अभिनयमा देखिनु पर्छ। त्यसैले अभिनयमा मौलिकता, आफ्नोपना

खोज्ने हो भने त्यो फरक, शारीरिक अभिब्यक्ति देखिनु पर्छ। नेपालीपना त्यसरी देखिन सक्छ। मैले स्पष्ट पार्न खोजे।

‘ म त अझ मान्दिन। तिमीहरू निर्देशन गरेर देखाउ अनी थाहा पाउनेछौ।’- मेरो असहमतिमा उहा झनै कराउनु भयो।

‘ तपाईंको अर्को चलचित्रमा मलाई शाहआयक निर्देशकको काम दिनुस् अनि म देखाउछु।’ मैले सश्रद्धा कुरा थपे।

त्यस उप्रान्त केही समय उहाको कुनै चलचित्र आएन। अहिले त उअहा हामी माझ हुनुहुन्न; तर सर्जक प्रकाश थापा जीवित हुनु हुन्छ र उहा सँगका प्रसँग जीवितै छ।

आज यो प्रसँग उठनुको कारण नेपाली चलचित्रको स्थिति र चलचित्रमा नेपाली मौलिकताको प्रश्न अनुत्तरित रहेकाले नै हो।

प्रत्यक्ष – अप्रत्यक्ष सर्वेक्षणबाट के स्पष्ट हुन्छ भने नेपाली चलचित्रमा नेपालएेपनाको अभाव छ। नेपाली कलाकार नेपाली भावमा अभिनय गर्न जान्दैनन्। कतिपयलाई नेपाली मौलिकता भन्ने पनि थाहा छैन। तथापी निर्देशकले अभिनय गराउनु पर्ने हो, निर्माताले नेपाली अभिनयको माग गर्नु पर्ने हो।

केही दशक, केही वर्ष पहिले नेपाली चलचित्रको निर्माणमा ब्यापकता आउंदा हिन्दी चलचित्रलाई बिस्थापित गर्नका लागि नेपाली भाषामा हिन्दी जस्तै चलचित्र बन्न पुगे। नेपाली चलचित्रको बजार राम्रो बन्न पुगे पछि हिन्दी र अङ्रेजी चलचित्रको नकक्ल गरेर बनाउने प्रचलन हट्नु पर्ने थियो , तर यो प्रचलन विकृतिको रूपमा कायमा रहन पुग्यो।

हिन्दी तथा अङ्रेजी चलचित्रबाट कथा, पटकथा, प्रसँग, चरित्र र पात्रहरू निकालेर नेपाली भाषामा चलचित्र निर्माण गरए कसरी नेपालीपना भएको मौलिक नेपाली चलचित्र बनाउन सकिन्छ? यी सबै चलचित्र नेपालमा बनेका हुन , नेपाली कलाकारले अभिनय पनि गरेका हुन, नेपाली भाषामा पनि छ तर नेपाली चलचित्र होइनन भन्नु पर्ने हुन्छ।

चलचित्रमा मौलिकता सँगै यथार्थताको पनि ठुलो महत्व हुन्छ। चलचित्रमा काल्पनिकताको बाहुल्यता अवश्य हुन्छ। चलचित्र स्वतन्त्रताको उपयोग गरेर काल्पनिक कथा, उपकथा बुन्ने गरिए पनि कल्पना वास्तविकताको जति नजीक पुग्न सक्छ त्यति नै चलचित्र सफल, सार्थक र प्रिय हुन पुग्छ। यही कुरा नै नजीर बनेको छ।

नेपाली चलचित्रको ठुलो समस्या नै नेपाली वास्तविकतालाई नेपाली भावना सहित कल्पना गर्न नसक्नु, चलचित्रमा उतार्ने प्रयास गर्न नसक्नु नै हो। नेपालीहरूले कहिले पनि नदेखेका द्वन्दका आधारमा, पारिवारिक र प्रेमका घटनामा अनेक चलचित्र बनेका छन। नेपालीले नभोगेको,नसोचेको कथा, प्रसँग र चरित्रलाई नेपाली दर्शकले कसरी पचाउन सक्छ? समयनुकूल नेपाली दर्शकले चलचित्रमा अत्याधुनिक प्रविधि, प्रयोग पचाउन सक्छन, नौलो प्रस्तुति मन पराउछन। आम नेपालीका लागि सामाजिक तथाबस्तु नै रोचक लाग्छ। नेपाली चलचित्रमा नेपालीपना सफल नेपाली चलचित्रको पहिले सर्त हो। मौलिक नेपाली चलचित्रलाई नै आफ्नो ठान्छन सबैले र सहर्ष स्वीकार गर्दछन। नेपाली चलचित्रको ५० बर्षको ईतिहासमा देखिएको यो सत्य हो नकार्न मिल्दैन ।

Published on August 24, 2017 at 12:28 pm

Loading...

यसमा तपाइको मत